१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रेस चौतारी पत्रकारिता पुरस्कार २०७३ प्रतिभा छनोट समिति गठन

२९ पुष २०७३, शुक्रबार ११:५९

पुस २९, पोखरा । प्रेस चौतारी पत्रकारिता पुरस्कार २०७३ प्रतिभा छनोट समिति गठन गरिएको छ । 

प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा शुक्रबार बसेको बैठकले छनोट समिति गठन गरेको हो । समितिको सदस्यमा अग्रज पत्रकार बद्रीविनोद प्रतीक, प्रेस चौतारी कास्कीका पूर्व अध्यक्ष रुद्रबहादुर थापा, प्रेस चौतारीका केन्द्रीय सदस्य जमुना वर्षा शर्मालाई चयन गरिएको सचिव अर्जुन गिरीले जानकारी दिए ।

समितिमा प्रेस चौतारी कास्कीका अध्यक्ष बराल र सचिव गिरी पदेन सदस्य रहने व्यवस्था छ । प्रेस चौतारी कास्कीले प्रत्येक वर्ष एक जनालाई प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट सम्मान गर्दै आएको छ । पुरस्कारको राशि ११ हजार १ सय ११ दोसल्ला र सम्मान पत्र छ ।

बैठकले प्रेस चौतारीको स्थापना दिवस माघ २२ गते पुरस्कार वितरणका साथै शुभकामना आदानप्रदान गरी मनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह