2026-09-19 12:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखराको गन्डकी मेडिकल कलेजको प्रशाशनमा तालाबन्दी

पौष २९, पोखरा |

पोखराको गण्डकी मेडिकल कलेज अन्तर्गत संचालित अस्पतालको प्रशासन शाखामा तालाबन्दी भएको छ । चार बुदे माग राखी ४० दिनदेखि आन्दोलित भईरहेका चिकित्सकहरुले शुक्रबार अस्पतालको प्रशासन शाखामा तालाबन्दी गरिदिएका  हुन् । चिकित्सक आन्दोलित भएपछि अस्पतालमा एक महिना भन्दा लामो समयदेखि आकस्मिक वाहेक सबै सेवा बन्द रहदै आएका छन् ।

गण्डकी मेडिकल कलेज फ्याकल्टी एसोसियशनले निष्कासित चिकित्सकको पुनर्वहाली, करारका कर्मचारीको स्थायी, समय सापेक्ष तलब बृद्धि र समयमै तलब पाउनु पर्ने माग राखेर आन्दोलनमा उत्रिएको सर्घष समितिका सचिब डा तारा कोइरालले जानकारी दिए ।उनले विना कारण चिकित्सलाई निस्कासन गरेका कारण उनिहरुलाई पुर्न वाहाली गर्नु पर्ने बताए ।

आन्दोलनमा उत्रिएका कारण अस्पतालको बहिरंग सेवा र कलजको शैक्षिक कार्यक्रम प्रभावित भईरहेका थिए भने शुक्रबार देखी प्रशासनको काम समेत प्रभाबित भएको छ । आन्दोलनले एमबिबिएस अध्ययनरत विद्यार्थीको परीक्षा प्रभावित भएको छ ।परीक्षाका लागि प्रयोगात्मकमा जानुपर्ने तर अस्पतालमा बिरामी नै नभएपछि एमबिविएस अन्तिम वर्षमा अध्ययनरत ५९ विद्यार्थी मर्काका परेका छन् । कलेज र अस्पतालमा ७ सय बढी कर्मचारी छन् । ५ सय ५० बेड रहेको अस्पतालमा दैनिक ८ देखि ९ सय बिरामी उपचारका लागि आउने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो