माघ ४, काठमाडौं । मानव सेवा आश्रम ललितपुर शाखाको उद्घाटन यही माघ ८ गते हुने भएको छ । 

ललितपुरका प्रमुख जिल्ला अधिकारीले आश्रमको उद्घाटन गर्ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ४, काठमाडौं । मानव सेवा आश्रम ललितपुर शाखाको उद्घाटन यही माघ ८ गते हुने भएको छ । 

ललितपुरका प्रमुख जिल्ला अधिकारीले आश्रमको उद्घाटन गर्ने"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानव सेवा आश्रम ललितपुर शाखाको उद्घाटन हुने

४ माघ २०७३, मंगलवार १२:२८


माघ ४, काठमाडौं । मानव सेवा आश्रम ललितपुर शाखाको उद्घाटन यही माघ ८ गते हुने भएको छ । 

ललितपुरका प्रमुख जिल्ला अधिकारीले आश्रमको उद्घाटन गर्नेछन् । सवोत्कृस्ट जीवन : श्वाश्वत चिन्तन, साँचो जीवन निर्माण अभियानले २०६६ सालदेखि काठमाडौंबाट यस्तो अभियान थालेको हो । अहिलेसम्म यो आश्रमले अर्घाखाँची, मकवानपुर, बारा, चितवनलगायतका जिल्लाहरुमा आफ्नो अभियान विस्तार गरिसकेको छ । 


यो मानव सेवा आश्रमले अशक्त, अनाथ, अपांग, मानसिक असन्तुलनको सिकार भएका महिला, बालबालिका, ज्येष्ठ नागरिकहरुलाई सडकबाट उद्धार गरेर खान,बस्न तथा कपडाहरुको समेत व्यवस्था गर्दै आएको छ । 

 सोमबार भएको पत्रकार सम्मेलनमा आश्रमका महासचिब धर्मप्रसाद पौडेलले ललितपुर शाखाको उद्घाटन माघ ८ गते प्रमुख जिल्ला अधिकरीबाट हुने जानकारी दिएका थिए । उनले आश्रमका लागि सहयोग गर्न आग्रह पनि गरेका थिए । यो आश्रममा अहिले आठ जना बेसहरा वृद्धवृद्धाहरु बस्दै आएका छन् । 

उनीहरुमध्ये धेरैको स्वास्थ्य तथा मानसिक अवस्थासमेत बिग्रिएको छ । मानव सेवा आश्रमले देशभर स्थापना भएका आश्रमका शाखाहरुमा सडकमा अलपत्र परेका २०० जना असहायहरुलाई उद्धार गरेर सेवा गर्दै आएको छ । त्यस्तै कतिपय परिवारको पुनर्मिलनसमेत गराइएको छ । 


आश्रमले आफ्ना शाखाहरुमा रहेका असहायहरुका लागि खान र बस्न कठिन भएको भन्दै सक्दो सहयोगका लागि सबैलाई अपीलसमेत गरेको छ । आश्रमले आगामी २०८२ सालसम्म 'अनाथ-अलपत्र, सडकमानव मुक्त राष्ट्र' घोषणाको लक्ष्य लिएको छ । सृजना भुसालको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह