Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

विप्लब माओवादीको उदयपुर जिल्ला अधिवेशन हुँदै

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

अजयकुमार साह/माघ ४, उदयपुर । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टि(माओवादी) को बुधबार उदयपुर जिल्ला अधिवेशन हुने भएको छ ।

पार्टिक नेता नेत्र विक्रम चन्द ‘विप्लव’को प्रमुख अतिथ्यतामा अधिवेशनको समुदघाटन हुने कार्यक्रम तय भएको पार्टिका जिल्ला नेता केदार राईले जानकारी गराउनुभएको छ ।

पार्टिको दोश्रो जिल्ला अधिबेशनको रूपमा गाईघाटको पिपलचोकमा बुधबार बिहान ११ बजे सामना सांस्कृतिक परिवारको कलाकारको सांगीतिक माहोलको वीचमा महासचिव क. बिप्लबबाट उद्घाटन हुने नेता राईले जानकारी गराउनुभयो ।

यसैगरी आज मंगलबार पार्टिको भातृ संगठनको रुपमा रहेको राष्ट्रिय युवा जनस्वयंसेवकको अधिवेशन सम्पन्न भएको छ । राष्ट्रिय युवा जनस्वंसेवकका केन्द्रिय महासचिव बाबुराम राई (विवश)को प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले सिद्धान्त राईको अध्यक्षतामा रहने गरी १९ जनाको जिल्ला कमिटी चयन गरेको राष्ट्रिय युवा जनस्वयंसेवक केन्द्रिय सदस्य तथा सगरमाथा व्युरो संयोजक अमृत खत्रीले जानकारी गराउनुभयो ।

यता माओवादीका गुरु मोहनविक्रम सिंहसँग बैद्य मोओवादी र विप्लव माओवादीले कार्यगत एकता भएको घोषणा गरेका छन् । शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी उनीहरुले मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल, क्रान्तिकारी माओवादी र नेकपा (माओवादी)ले आन्दोलन अघि बढाउने घोषणा गरेका हुन् ।