माघ ५, काठमाडौं । मानव जीवनमै पहिलो पटक एक बच्चा जन्माउन दुई विपरीत लिङ्गीको आवश्यकता पर्छ भन्ने मान्यतालाई पछार्दै तीन व्यक्तिको जैविक मिश्रणबाट एक बच्चाको जन्म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, काठमाडौं । मानव जीवनमै पहिलो पटक एक बच्चा जन्माउन दुई विपरीत लिङ्गीको आवश्यकता पर्छ भन्ने मान्यतालाई पछार्दै तीन व्यक्तिको जैविक मिश्रणबाट एक बच्चाको जन्म"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानव जीवनमै नौलो प्रयोग: तीन जनाले जन्माए एक बच्चा !

५ माघ २०७३, बुधबार ०७:२०

माघ ५, काठमाडौं । मानव जीवनमै पहिलो पटक एक बच्चा जन्माउन दुई विपरीत लिङ्गीको आवश्यकता पर्छ भन्ने मान्यतालाई पछार्दै तीन व्यक्तिको जैविक मिश्रणबाट एक बच्चाको जन्म भएको छ । 

युक्रेनमा तीन जनाबाट एक बच्चाको जन्म भएको छ । तीनजनाको आईवीएफ (इन विट्रो फर्टिलाइजेशन)बाट एक बच्चाको जन्म भएको हो । जुन दम्पत्तिबाट बच्चाको जन्म भएको छ, उनीहरु बच्चा जन्माउन असमर्थ थिए । द टाइम्सको रिपोर्टका अनुसार युक्रेनको राजधानी किभमा डाक्टरहरुले जुन प्रक्रिया प्रयोग गरे, यसलाई ‘प्रोनुक्लियर ट्रान्सफर’ भनिन्छ ।

आईवीएफ प्रजनन महिलाको शरीरको बाहिर सम्पन्न हुन्छ । यसलाई महिलाको डिम्बलाई सर्जरीबाट बाहिर निकालिन्छ र प्रयोगशालामा स्पर्मको माध्यमबाट प्रजनन गरिनेछ । युक्रेनमा यो बच्चाको जन्म ५ जनवरीमा भएको हो ।

यसलाई विश्वको दोस्रो ‘मोर्डन थ्री प्यारेन्ट्स बेबी’ भनिएको छ । यो वर्ष मेक्सिकोमा यसभन्दा केही फरक तरिकाले तीनजनाबाट एक बच्चाको जन्म भएको थियो ।

समाचारहरुमा जनाइअनुसार महिला गम्भीर आणुवांशिक समस्याबाट पीडित थिए । उनी मिटोकोन्ड्रियाबाट पीडित थिइन् । यस्तोमा डाक्टरले उनलाई सहयोग गर्न तीन जनाको आईवीएफ विकसित गरे, जसमा एक स्वस्थ बच्चाको जन्म हुन सकोस् । अस्वस्थ मिटोकोन्डि्रया भएकी आमाको डिम्बसँग एक स्वस्थ मिटोकोन्ड्रिया डोनरको डिम्बलाई एकत्रित गरिएको छ ।

यसको परिणाम, तीन जनाको डीएनएबाट एक बच्चाको जन्म भयो, जसमा उसकी आमा, बुबा र थोरै योगदान डोनरको रहृयो । किभको नाडिया क्लिनिकले यस विधिको प्रयोग गरेर एक निसन्तान दम्पतीलाई सन्तान दिलाउन सफल भएको छ ।

विशेषज्ञहरुले यसलाई एक उच्चस्तरीय प्रयोग भनेका छन् । यो प्रक्रियाको अगुवाइ गरेका बलेरी जुकिनले भनेका छन् कि परम्परागत आईवीएफबाट गर्भाधारण गर्न नसकेका दम्पतीहरुका लागि यो खुसीको खबर भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ