१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भक्तपुरमा जिविसको मिलेमतोमा माटो तस्करी यसरि हुन्छ

६ माघ २०७३, बिहीबार ०८:५०

माघ ६, भक्तपुर । जिल्ला विकास समितिको मिलेमतोमा प्राकृतिक सम्पदा नै मासेर ताथलीमा माटो तस्करी भइरहेको छ । 

यसरी माटो तस्करी हुँदा जिविसले करोडौँ राजस्व गुमाएको छ । विसं २०७१ चैतमा अनुसन्धानका लागि भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यहाँ सञ्चालित खानीसम्बन्धी फाइल लगेपछि रोकिएको स्वीकृतवाला खानी सञ्चालनमा आउन नसकेपछि जिविसले रु १४ करोडभन्दा बढी राजस्व गुमाएको छ । 

जिविसले अख्तियारले फाइल कब्जामा लिएको देखाउँदै नियमित रुपमा सञ्चालनको स्वीकृति दिएको बालुवा, पाँगो माटो र ढुङ्गा गरी २६ वटा खानी बन्द गराएपछि अहिले अवैध रुपमा माटो तस्करी बढेको छ । जिविसले स्वीकृत पाएका खानीलाई अख्तियारकै बहानामा सञ्चालनको अनुमति नदिई अवैध जग्गा प्लटिङ गर्ने गिरोहलाई माटो सस्तो मूल्यमा बिक्रीका लागि अनुमति दिएको खुल्न आएको छ । 

नगरकोट नगरपालिकाको ताथलीस्थित दराज कारखानाको पछाडि दैनिक तीनवटा डोजरले माटो झिक्ने र १० वटा टिपरले माटो ओसारिरहेका छन् । यहाँ मात्रै समिति नभई ताथलीको पाँच, सुडालको चार र दुवाकोटको पाँच ठाउँमा जग्गा प्लटिङको नाममा स–साना पहाड र ढिस्को भत्काउँदै अवैध रुपमा माटो बिना राजस्व इँटा भट्टाको नाममा बिक्री गरिँदै आएको छ । 

जिविसलाई जिल्लामा सञ्चालित इँटा भट्टाले वार्षिक रु ७५ हजार राजस्व बुझाएको छ । तर तर जिविसले अवैध रुपमा करोडौँ रुपैयाँको माटो बिक्री गर्न छुट दिएको पाइएको छ । आर्थिक प्रलोभनमा परेर जिविसले जग्गा प्लटिङ गर्ने गिरोहसँग राजस्व नलिई माटो बिक्री गर्न छुट दिएको बन्द रहेका खानी सञ्चालकको आरोप छ । 

ताथलीको माटो खानी सञ्चालक रत्नमान श्रेष्ठका अनुसार जिविसले वार्षिक रु पाँच करोड राजस्व बुझाउँदै आएको खानी बन्द गराएर व्यक्तिलाई अवैध रुपमा खानी सञ्चालन गर्न स्वीकृति दिएको छ । जिविसले जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी वृत्त जगाती, प्रहरी प्रभाग व्यासी र नगरकोट नगरपालिकालाई त्यस क्षेत्रमा इँटा भट्टालाई माटो बिक्री गर्न रोक नलगाउन र माटो बोक्ने सवारी साधनलाई नियन्त्रणमा नलिन पत्राचार गरेको तथ्य खुलेको छ । 

जिविससँग स्वीकृति लिएर वार्षिक रु पाँच करोड राजस्व बुझाउँदै आएका जिल्लाका २६ वटा खानीलाई दुई वर्षदेखि बन्द गराएर जिविससँग स्वीकृति नलिएका अवैध माटो खानीलाई माटो बिक्री गर्न स्वीकृति दिएको खानी सञ्चालकको आरोप छ । 

अख्तियारले स्थानीय विकास अधिकारी ध्रुवप्रसाद कोइरालालाई आयोगमै बोलाएर नयाँ खानी सञ्चालनको अनुमति नदिन तर पुुराना खानीलाई नवीकरण गरेर सञ्चालन गर्न निर्देशन दिए पनि त्यसको कार्यान्वयन अझै हुन सकेको छैन । 

स्थानीय विकास अधिकारी कोइराला इँटा भट्टालाई माटो आवश्यक पर्ने भएकाले उनीहरुले जिविसलाई पठाएको गाडी नम्बर उपलब्ध गराएर माटो लैजान स्वीकृति दिएको बताउनुहुन्छ । स्वीकृति पाएका खानी विवादमा रहेको र अख्तियारले लिखित रुपमा ती खानी सञ्चालनका लागि पत्र नपठाएकाले नवीकरण नगरेको उहाँको भनाइ छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह