पढ्न करिब 1 मिनेट लाग्छ

माघ ८, अर्घाखाँची । राष्टिय प्रजातन्त्र पार्टीले जिल्लाको नुवाकोट गा.वि.स.मा गाउँ भेला कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला संयोजक दिपक कुँवरको विशेष आतिथ्यतामा सम्पन्न भएको भेलाले राम बहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ गाउँ समितिको गठन समेत गरेको छ । जसको उपाध्यक्षमा हुकुम रायमाझी, कोषाध्यक्षमा खुमा सोमै, सचिवमा गोविन्द आचार्य, सहसचिवमा पोम नारायण श्रेष्ठ रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा खुमा रायमाझी, विष्णु के.सी., सिता रायमाझी, कृष्ण प्रसाद श्रेष्ठ, खिम प्रसाद श्रेष्ठ, सुरज थापा र मिना थापा रहेका छन् । त्यस्तै भेलाले धन बहादुर रायमाझी, राजु रायमाझी र धर्मराज सिंह ठकूरी सदस्य रहेको सल्लाहकार समिति समेत गठन गरिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी कुँवरले धरापमा परेको राष्टियताको संरक्षणको लागि सवै राष्टवादीहरु एक ढिक्का बन्नुपर्नेमा जोड दिएका थिए ।