जितेन्द्र खत्रि/माघ ११, अर्घाखाँची । प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीको बैठक महत्वपूर्ण निर्णय गर्दे सन्धिखर्कमा सम्पन्न भएको छ ।
संघका केन्द्रिय सदस्य श्याम प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता सागर केसीको बिशेष उपस्थितिमा मा कैठक सम्पन्न र्धको छ । बैठकले यही माघ २२ गते सनिबारको दिन प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीको तेस्रो जिल्ला भेला सन्धिखर्कमा गर्ने र्धको छ ।
त्यस्तै बैठकले आगामी फाल्गुण तिन गते हुन गईरहेको नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रगतिशील पत्रकार संघको नेतृत्वलाई सहयोग र समर्थन गर्न राष्ट्रवादी पत्रकार संघ संस्थाहरुसंग अनुरोध एवं आग्रह गर्ने निर्णय समेत गरेको छ ।
बैठक पत्रकार संघका जिल्ला अध्यक्ष बिनोद गैरेको अध्यक्षता उपाध्यक्ष गोपाल भट्टराईको स्वागत मनतब्य र सचिव जितेन्द्र खत्रीको संन्चालनमा सम्पन्न भएको थियो ।