नन्दराम जैशी/माघ ११, जुम्ला । ईलाका नम्बर ४ को ईलाका स्तरिय योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ । 

एकतर्फको विवादका कारण गोष्ठि सम्पन्न भएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी/माघ ११, जुम्ला । ईलाका नम्बर ४ को ईलाका स्तरिय योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ । 

एकतर्फको विवादका कारण गोष्ठि सम्पन्न भएको"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

विवादका बिच इलाका परिषद सम्पन्न, ठोस योजनलाई प्राथमिकता दिन माग

११ माघ २०७३, मंगलवार ०४:३३


नन्दराम जैशी/माघ ११, जुम्ला । ईलाका नम्बर ४ को ईलाका स्तरिय योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ । 

एकतर्फको विवादका कारण गोष्ठि सम्पन्न भएको हो । ईलाका नम्बर ४ को सोमबार आयोजना गरिएको गोष्ठिमा विगतका ईलाका परिषदबाट पारित भएका आयोजनाको सम्बोधन नभएको, समाजमा पछि पारिएका वर्गहरु नसमेटिएको विषयमा विवाद भएको थियो । गोष्ठिमा मान्यताक्रममा तलमाथि भएको विषयमा विवाद भएपनि इलाका स्तरीय योजना तर्जुमा गोष्ठि सम्पन्न भएको बताईएको ।

 यस्तै लक्षित वर्ग उपेक्षित भएको तथा टुक्रे योजनालाई प्राथमिता दिएको र दलिय भागबन्डाको आधारमा योजना छनोट गरेको विषयमा विवाद भएको लाम्रा गाविसका हरिवहादुर डाँगीले जानकारी दिनुभयो । यता जिल्ला विकास समिति जुम्लाका नयब्ब सुब्बा हरिशचन्द्र गिरीका अनुसार, केहि व्यक्तिलाई इलाका परिषदका क्रममा विवाद गर्न खोजेको बताउनु भयो । 

इलाका परिषदमा आएका योजनालाई हुबहु जिल्लामा ल्याईएको उहाँको भनाइ छ । इलाका परिषद भएको बेला सार्वजनिक कार्यक्रममा केहि व्यक्तिले विवाद गर्न खाजेको गिरीले बताउनु भयो ।

 यसैवीच, ईलाका नम्बर ४ अन्तर्गत पर्ने चार गाविसका अगुवाहरुले  स्थानिय विकास अधिकारीको प्रत्यक्ष सहभागितामा गोष्ठि हुनु पर्नेमा इलाका नम्बर ४ का स्थानीयले माग गरेका थिए । विगतका ईलाका परिषदहरुबाट स्वीकृत योजनाहरु जिल्लाको प्राथमिकतामा नपरेको भन्दै सम्बन्धित निकायका आधिकारिक व्यक्तिको अनुपस्थितिमा गोष्ठि संचालन हुने गरेको  नेपाली काँग्रेस जिल्ला कार्यसमिति जुम्लाका डिलेशवहादुर रावतले बताउनु भयो । 

नेकपा माओबादी केन्द्रका केन्द्रीय आयोजक समिति सदस्य लक्ष्मी प्रसाद उपाध्यायले  गाविसमा योजना छनोटमा सहभागि हुने रानीतिक दलहरु जिल्ला स्तरमा पनि एक भएर जानु पर्ने बताउनु भयो ।

 गैरसरकारी संस्था महासंघ जुम्लाका अध्यक्ष समेत रहनु भएका हाँकु गाविसका स्थानिय अगुवा दुर्गा प्रसाद पाण्डेले  ईलाका परिषद हात्तीको देखाउने दात  मात्रै भएको टिप्पणी गर्दै  सबैमा पुरानो मानसिकताले अहिले पनि जरो गाडेको बताउनु भयो । 


तातोपानी गाविसका स्थानिय रामकृष्ण न्यौपानेले  समाजमा पछि पारिएका अपांगता भएक व्यक्ति, महिला, दलित र बालबालिकाहरु किनाराका साची मात्रै भएको गुनासो गर्नु भयो । विगत पाँच वर्ष देखी परिषदमा सहभागिता जनाउदै आउनु भएकी एैनादेवी चौलागाईले महिलाहरुका नाममा आउने रकम र महिलाको सहभागिता कमै हुने गरेको बताउनु भयो ।

 योजना तर्जुमा पक्रियामा सबैको अर्थपुर्ण सहभागिताको नारा व्यापक रुपमा उठिरहेको बेला बोलवालाहरुको हाली मुहाली भएको गुनासो आएको छ । स्थानिय स्तरमा विकास पनि हुन नसकेको बेला गाविस तथा जिल्लास्तरका राजनितिक दलका प्रमुख एंव प्रतिनिधिहरुले योजनाहरु कागजमा मात्रै सिमित रहेको बताएका छन् । 

अन्य राजनितिक दलहरुले पनि  विकासको  लागि दलको विचार धारा भन्दा बाहिर रहेर लाग्नु पर्ने बताएका छन् । इलाका परिषदमा ४ वटै गाविसका राजनितिक दलका प्रतिनिधि, महिला र राजनितिक दलहरु गरि करिब १ जना जतीको मात्रै सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य