2026-07-11 10:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भक्तपुरमा गणेशमन्दिर निर्माणका लागि महायज्ञ

2017-01-25

माघ १२, भक्तपुर । अनन्तलिङ्गेश्वर नगरपालिका सिकारीटारस्थित अनन्तविनायक गणेश मन्दिर निर्माणार्थ आयोजना भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञबाट रु ३३ लाख २१ हजार सङ्कलन भएको छ । 

यही माघ ३ गतेदेखि सुरु भई मङ्गलबार सम्पन्न भएको महायज्ञमा करिब रु १६ लाख खर्च भएको र बचत भएको रु १७ लाख मन्दिर निर्माण कोषमा राखिने महायज्ञ आयोजक समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिनुभयो । 

कलात्मक एवम् प्यागोडा शैलीमा निर्माण हुने मन्दिरका लागि करिब रु ३० लाख खर्च हुने अनुमान गरिएको जानकारी दिँदै उहाँले मन्दिर निर्माणका लागि नपुग रकम भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का सांसद रामेश्वरप्रसाद ढुङ्गेल, पूर्वसहायकमन्त्री एवम् सांसद दिनेश श्रेष्ठले सांसद विकास कोषबाट प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको उहाँले जानकारी दिनुभयो । 

श्री स्वस्थानी महात्म्यको अवसर पारेर आयोजना भएको महायज्ञमा पूर्वमन्त्री महेश बस्नेतले रु २० हजार सहयोग गर्नुभएको उहाँले बताउनुभयो । महायज्ञमा नानीरत्न विदुषी अनुराधा शास्त्रीले कथावाचक गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस