माघ १२, रोल्पा । अर्थमन्त्रालयले रोल्पामा मात्रै विभिन्न शीर्षकमा गरी कुल २२ करोड ८८ लाख रकम विनियो जन गरेको छ । 

२५ पुसको निकासा नं. १५५ बाट एघार करो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १२, रोल्पा । अर्थमन्त्रालयले रोल्पामा मात्रै विभिन्न शीर्षकमा गरी कुल २२ करोड ८८ लाख रकम विनियो जन गरेको छ । 

२५ पुसको निकासा नं. १५५ बाट एघार करो"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

रोल्पामा पौने २३ करोड बजेट थप, सबै रकम सडकमा

१२ माघ २०७३, बुधबार ०८:०९

माघ १२, रोल्पा । अर्थमन्त्रालयले रोल्पामा मात्रै विभिन्न शीर्षकमा गरी कुल २२ करोड ८८ लाख रकम विनियोजन गरेको छ । 

२५ पुसको निकासा नं. १५५ बाट एघार करोड दश लाख र २७ पुस निकासा नं. १६८ बाट एघार करोड ७८ लाख निकासा गरिएको अर्थमन्त्रालयले जनाएको छ । अर्थमन्त्री कृष्णबहादुर महराले रोल्पाको विकासका लागि आफूले पर्याप्त बजेट विनियोजन गरेको बताउनुभयो । 

अर्थमन्त्रालयबाट निकासा गरिएको सबै रकम सडकमा खर्च गरिने भएको छ । निकासा नं. १५५ मा १४ शीर्षकमा जिल्लाका विभिन्न सडकहरुलाई रकम निकासा गरिएको छ । जसमा सबैभन्दा धेरै लोक मनहरी–पुर्खे सुनार शहीद मार्ग र सुलीचौर गुम्चाल हार्जङरी गाम हुँदै मध्यपहाडी लोकमार्ग जोड्ने सडकका लागि समान एक करोड पचास लाख रकम निकासा गरिएको छ । 

त्यस्तै निकासा नं. १६८ अन्तर्गत १८ शीर्षकमध्ये सबैभन्दा धेरै बुढागाउँ–जुँगार गैरीगाउँ–तिला मोटरबाटो र जङ्कोट–बुडहर –कुरेली–मिरुल सडकका लागि समान एक करोड पचास लाखको निकासा रहेको छ ।

रोल्पा पुगेर अर्थमन्त्री महराले रोल्पालाई मन खोलेर बजे ट विनियोजन गर्ने बताउनुभएको थियो । के ही मागका फाइल अगाडि बढिसकेका र अरु पनि अगाडि बढ्ने आश्वासन दिँदै महराले जिल्लामा विनियो जन गरिएका सबै बजेट समयमै खर्च गर्न आग्रह गर्नुभएको थियो । 

उहाँको बोलीसँगै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पर्याप्त बजेट व्यवस्था गर्न आग्रह गर्नुभएको थियो । पर्याप्त बजेट विनियो जन गरिए पनि काम नहुने र अन्ततः फ्रिज भएर जाने समस्या भएको भन्दै सभामुख ओनसरी घर्ती मगरले त्यसको खबरदारी दल तथा जनताले गर्नुपर्ने बताउनुभएको थियो ।

बाटो बनाउन सेना परिचालन

उपराष्ट्रपति नन्दबहादुर पुनले रोल्पाको सुलीचौर –गाम सडकखण्डमा रहेको शिरक्याङ भीर फोर्न आफूले नेपाली सेनालाई आग्रह गरेको बताउनुभयो । ‘मैले प्रधानसेनापतिलाई बोलाएरै भनेको छु’– उपराष्ट्रपति पुनले भन्नुभयो – ‘शिरक्याङ भीर फोड्न अब धेरै समय लाग्नेछैन ।’ -नयाँ युगबोध राष्ट्रिय दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै