१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मध्यपुरथिमि नगरपालिकाको बजेट सार्वजनिक, एमालेद्वारा बहिष्कार

१२ माघ २०७३, बुधबार १६:२९

माघ १२, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले आ.व ०७४/०७५ का लागि रु २९ करोड ५५ लाख ९९ हजारको बजेट सार्वजनिक गरेको छ । 

आज मथिनपाले आयोजना गरेको नगरपरिषद्को नीति, योजना, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीले बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै नगरपालिकाले आ.व ०७४÷०७५ मा आन्तरिक आयतर्फ रु सात करोड २६ लाख ७५ हजार र केन्द्रीय अनुदान तथा बाह्य स्रोतसमेत गरी रु १८ करोड २२ लाख १४ हजार, जनसहभागितामा रु दुई करोड ५३ लाख १० हजार, राजस्व बाँडफाडतर्फ रु एक करोड ५४ लाख आय हुने जानकारी दिनुभयो । 

त्यसैगरी खर्चमा विकास कार्यक्रम एवम् भौतिक पूर्वाधारतर्फ रु २२ करोड २९ लाख, सामाजिक सुरक्षा भत्तातर्फ रु सात करोड ५० लाख खर्च गर्ने गरी बजेट विनियोजन गरेको छ । खर्चमध्ये कूल बजेटमा प्रशासनिक खर्चतर्फ रु तीन करोड ८६ लाख ५ हजार, ऐतिहासिक सम्पदा संरक्षणतर्फ रु एक करोड ९८ लाख ५० हजार, पूर्वाधार विकासमा रु एक करोड १० लाख, बालबालिका तथा युवा लक्षित कार्यक्रममा ९४ लाख ३० हजार, आर्थिक, सामाजिकरुपमा पछाडि परेका दलित, आदीवासी, फरक क्षमता, ज्येष्ठ नागरिकका लागि रु दुई करोड ६५ लाख, वातावरणीय संरक्षण, सरसफाइ तथा व्यवस्थापनतर्फ रु एक करोड पाँच लाख बजेट विनियोजन गर्ने व्यवस्था गरिएको जानकारी दिएको छ । 

कार्यक्रममा सांसद् रामेश्वर ढुङ्गेलले सरकारले स्थानीय निकायको निर्वाचन घोषणा गर्न ढिलाई गर्न नहुने बताउनुभयो । त्यसअवसरमा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, सूर्यविनायक नगरपालिकाका कार्यकारी अधिकृत यामलाल अधिकारीलगायतले स्थानीय निकायको विकासका लागि नागरिक समाज र राजनीतिक दलहरूको सहयोग र साथ आवश्यक रहेको औंल्याउनुभयो । 

नेकपा(एमाले) मध्यपुर थिमि नगरसमन्वय कमिटीले नगरपालिकाको २६ औँ नगरपरिषद् तथा बजेट सार्वजनिक कार्यक्रम पूर्णरुपमा बहिष्कार गरेको घोषणा गरेको छ । नगरपालिकामा दलीय प्रतिनिधित्व गर्ने अन्य दलहरू कार्यक्रममा सहभागी भएपनि एमालेले भने नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीले गैरजिम्मेवार प्रवृत्ति, आचरण र व्यवहार गरेको आरोप लगाउँदै पार्टीका नगर कमिटी संयोजक मदनसुन्दर श्रेष्ठले कार्यक्रम बहिष्कार गरेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै