2026-10-18 02:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अनेरास्वबियुको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

माघ १३, अर्घाखाँची । अनेरास्वबियुले पछिल्लो समय भेला तथा प्रशिक्षण कार्यक्रमलाई तिब्रता दिन थालेको छ ।

नेकपा एमाले निकट अनेरास्वबियु जिल्ला कमिटि अर्घाखाँची अर्घाखाँची जिल्लाका बिभिन्न स्थानमा भेला तथा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । जस अनुसार अनेरास्वबियुले जीवनोद्धारा माबि सन्धिखर्क नगरपालिका वाङ्गलामा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा अनेरास्वबियु जिल्ला कमिटि सदस्य बसन्त श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो । श्रेष्ठले समसामयिक बिद्यार्थी राजनीति, बिद्यार्थी आन्दोलन र उपलब्धी त्यस्तै आसन्न जिल्ला अधिवेशन र स्वबियु निर्वाचनको बारेमा प्रशिक्षण दिनुभएको थियो । 

प्रशिक्षण पछिको भेलाले संगीता घिमिरेको अध्यक्षतामा ११ सदस्सीय जीवनोद्धार माबि प्रारम्भिक कमिटिको गठन गरेको छ । जसको उपाध्यक्षमा सुदिप भुसाल, सचिवमा सुस्मा बञ्जाडे, सहसचिवमा श्रृजना भण्डारी र कोषाध्यक्षमा सरिता भुसाल रहनुभएको छ । 

त्यस्तै सदस्यहरुमा अनिष बञ्जाडे, सपना अधिकारी, दिपा भुसाल, कोपला बिटालु, पुजा सुनार, सन्दिप भुसाल लगायतका रहनुभएको छ । कार्यक्रम संगीता पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । अनेरास्वबियुले युवा वर्ष जनता रबिचित्र माबि सन्धिखर्कमा उता जनजागृति माबि धनचौरमा सम्राट थापाको अध्यक्षतामा प्रारम्भिक कमिटिको गठन गरेको छ । 

कार्यक्रममा अनेरास्वबियु जिल्ला कमिटि सदस्य नारायण भुसालको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रमको सञ्चालन अनेरास्वबयुका नेता गिताराम बिष्टले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु