Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मुगुमा १७ दलमध्ये ११ दलको नाम दर्ता

By kit 7 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

नन्द बहादुर रोकाया/माघ १४, मुगु । मुगुमा रहेका १७ दलमध्ये ११ वटा राजनितिक दलहरुले जिल्ला निर्वाचन कार्यालयमा पार्टि दर्ता गराएका छन ।

निर्वाचनको लागि सहभागी हुन र तयारीका लागी अहिलेसम्म ११ राजनीतिक दलहरुले कार्यालयमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ । निर्वाचन आयोगले माघ १७ गते सम्ममा सबै राजनीतिक दलको विवरण पेस गर्नुपर्ने निर्देशन दिएपनी हिजो बिहिबार सम्ममा ११ वटा राजनितिक दलहरुले मात्र निर्वाचन कार्यालयमा नाम दर्ता गराएको निमित्त निर्वाचन अधिकारी गणेश सेजुवालको भनाई रहेको छ ।

जिल्लामा पार्टीको विवरण बुझाएर दर्ता भएका दलहरुमा नेपाली काग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा माले, सङ्घीय समाजवादी फोरम नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्टिय यथार्थ पार्टी, नयाँ शतmी नेपाल, जनजागरण मधेसी जन अधिकार फोरम, समाजवादी जनता पार्टी लगायतका रहेका छन् ।

जिल्लामा २०७० मा दर्ताभई निर्वाचनमा भाग लिएका १७ दल मध्ये ११ वटा दलहरुले नाम दर्ता गराएको र बाकिँ ६ दलहरुले पार्टि दर्ता तथा पार्टिको बाकिँ बिवरण नबुझाएको सेजुवालले जानकारी दिनुभयो । दर्ता नभएका दललाई आउने निर्वाचनमा सहभागी नगाराईने भएकाले बाँकी रहेका दललाई माघ १७ सम्म दलको विवरण पेस तथा दल दर्ता गराउन जिल्ला निर्वाचन कार्यालय मुगुले आग्रह समेत गरको छ ।

२९ हजार ५ सय उन्नचालीस को नाम दर्ता

जिल्ला निर्वाचन कार्यालय मुगुमा मंसिर मसान्त सम्म मुगुमा २९ हजार ५ सय उन्नचालीस जनाले मतदाता नामावलीमा आफनो नाम दर्ता गराएका छन । मुगुका नागरिक तथा नागरिकताको प्रमाणपत्र लिएका १६ बर्ष देखी माथीका व्यक्तिले नाम दर्ता गराएका हुन ।

जसमा १५ हजार ६ सय पचासी पुरुष र १३ हजार ८ सय ९४ महिला रहेका छन् । कार्यालय समयमा जुनसुकै बेला पनी गएर नेपाली नागरिकताको प्रमाणपत्र लिई आफ्नो नाम दर्ता गराउन सकिने निमित्त निर्वाचन अधिकारी सेजुवालको भनाई छ ।

कर्मचारीको बिविरण उपलब्ध गराउन जिल्ला निवार्चन कार्यलय मुगुले आग्रह

जिल्ला काम गर्ने कार्यरत कर्मचारीको बिविरण उपलब्ध गराउन जिल्ला निवार्चन कार्यलय मुगुले आग्रह गरेको छ । निवार्चन आयोगको माघ १० गतेको परिप्रत्र अनुसार कर्मचारीको बिवरण जिल्ला निवाचन कार्यलयमा उपलब्ध गराउन आग्रह गरिएको हो ।

वर्तमान संवैधानीक व्यावस्था अनुसार निकट निजामती कर्मचारीको बिवरण अद्यावधिक गर्नुपर्ने भएकाले जिल्लामा कार्यरत स्थायी कर्मचारी, संंस्थानका कर्मचारी,र शिक्षक हरुलाई बिवरण उपलब्ध गराउन आग्रह गरीएको जिल्ला निर्वाचन कार्यलय मुगुले जनाएको छ ।

कर्मचारीले  बिवरण पेश गर्दा राजपत्रांकित प्रथम श्र्णि ,द्धतिय श्रेणि तृतीय श्रेणी राजपत्र अनंकित प्रथम श्र्णि ,द्धतिय श्रेणि तृतीय तथा श्रेणीविहिन कार्यलय सहयोगी केहो खुलाई कार्यरत कार्यलयको नाम समेत उल्लेख गरी बिवरण उपलब्ध गराउन पर्ने नि जिल्ला निवाचन अधिकारी गणेश सेजुवालले बताउनुभयो ।

उपलब्ध नगराउने कर्मचारीलाई आउने निर्वाचनाम नखटाईने नि जिल्ला निवाचन अधिकारी सेजुवालले को भनाई छ । जिल्ला निर्वाचन कार्यलय मुगुले परिप्रत्र गरेको ३ दिन भित्र बिवरण उपलब्बध गराई सक्नुपर्ने जिल्ला निर्वाचन कार्यलय मुगुले जनाएको छ ।