प्रेम सुनार/माघ १४, गुल्मी । गुल्मीमा गत मंसिर महिना देखि सञ्चालन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण  परियोजनाको जिल्ला स्तरिय कार्यक्रम केन्द्रका एक व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/माघ १४, गुल्मी । गुल्मीमा गत मंसिर महिना देखि सञ्चालन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण  परियोजनाको जिल्ला स्तरिय कार्यक्रम केन्द्रका एक व"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा प्रधानमन्त्री कृषि परियोजना कार्यक्रम फोनको भरमा एउटै क्षेत्रमा

१४ माघ २०७३, शुक्रबार ०८:१४


प्रेम सुनार/माघ १४, गुल्मी । गुल्मीमा गत मंसिर महिना देखि सञ्चालन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण  परियोजनाको जिल्ला स्तरिय कार्यक्रम केन्द्रका एक व्यक्तिको फोनको भरमा गुल्मीको एउटा मात्र क्षेत्रमा पारिएको खुलासा भएको छ ।

आज जिल्ला  कृषि विकास  समिति र प्रधानमन्त्री  कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई कार्यालय गुल्मीले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रम सम्वन्धी अभिमुखिकरण  कार्यक्रममा सहभागीले जिज्ञाषा राखे पछि यस्तो खुलासा भएको हो ।

गुल्मी जिल्लालाई मकै जोनका नाममा गुल्मी क्षेत्र नम्वर ३ को हस्तीचौर , दर्लामचौर  , अमरपुर र सिर्सेनी गाविसमा मात्रै प्रधानमन्त्री आधुनिक कृषि परियोजना पार्न केन्द्रबाट एक व्यक्तिले फोन गरेर आग्रह गरे पछि त्यहाँ पारिएको खुलासा वरिष्ठ कृषि विकास अधिकृत चक्रपाणी पन्थीले गरेका हुन् ।

कार्यक्रममा सहभागी नेपाली काग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठले यति राम्रो  जिल्ला स्तरिय  कार्यक्रम आउँदा कम्सेकम क्षेत्रिय सन्तुलन त मिलाउनु पर्दथ्यो नि ? कसरी क्षेत्र नम्व ३ लाई मात्र रोजियो ?   भनेर प्रश्न गरे पछि वरिष्ठ कृषि विकास अधिकृत पन्थीले निरुपाय हुँदै भने–‘ म त्यति वेला थिईन् । मैले पछि बुझ्दा  तत्कालिन वरिष्ठ कृषि विकास अधिकृतलाई सिधै केन्द्रबाट फोन गरेर क्षेत्र नम्वर ३ का ति गाविसमा परियोजना  पार्न आग्रह गरिए पछि उहाँले तिनै गाविसलाई सिफारिस गरी पठाउनु भए छ, यसमा कमजोरी भएकै हो । ’

जिल्ला स्तरिय परियोजना क्षेत्र नम्वर ३ मा मात्रै पार्न केन्द्रबाट फोन मार्फत आग्रह गर्ने वा दवाव दिने  ति व्यक्ति कर्मचारी हुन वा नेता हुन ?  त्यो भने उनले खुलाएनन् ।

केपी ओली सरकारको बजेट भाषणमा घोषणा भएको प्रधानमन्त्री आधुनिक कृषि परियोजना कार्यक्रमम एउटै क्षेत्रमा मात्रै पर्नु  कमजोरी  भएको स्वीकार गर्दै वरिष्ठ कृषि विकास अधिकृत पन्थी र त्यस परियोजना प्रमुख रामप्रसाद पाण्डेले आगमी वर्ष देखि तिन वटै क्षेत्रलाई सम्वोधन गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले समेत त्यस प्रति असन्तुष्टी जनाए । उनले  आयोजक संग प्रश्न गरे – के को आधारमा गुल्मीलाई मकै जोन बनाईयो ? उनको सुझाव थियो –‘ खास त गुल्मीलाई  कफी जोन बनाईनु  पर्दथ्यो । वा माटो परिक्षण लगायतको अनुसन्धान र  सरोकारवाला विच बृहत छलफल र परामर्श  गरी गुल्मीमा बढि के सम्भावना छ त ? भन्ने टुङ्गो लगाएर  सिफारिस गरिनु पर्दथ्यो ।’

गुल्मीलाई मकै जोनका रुपमा विकास गर्नका लागि क्षेत्र नम्वर ३ का ति चारवटा गाविसमा यस पहिलो आर्थिक वर्षमा के  कति रकम परेको छ त  ? प्रश्न गर्दा दुई बेग्ला बेग्लै कार्यपत्र  प्रस्तोता वरिष्ठ कृषि विकास अधिकृत पन्थी र  परियोजना प्रमुख पाण्डेले  कार्यालयमा हेरेर मात्र भन्न सकिने अहिले  कायपत्रमा उल्लेख नगरिएको बताए । जवकी कुनै पनि परियोजना सञ्चालनको उद्घाटन सत्रको प्रस्तुत कार्यपत्रमा   लागत रकम उल्लेख हुन जरुरी देखिन्छ ।

प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजना छनौट गर्दा कुनै जिल्लालाई धान जोन , कुनै जिल्लालाई तरकारी , सुन्तला फलफुल जोन घोषणा गरिएको र त्यस जोन भित्र ब्लग शिर्षकमा तरकारी र  सुन्तला लगायतका साना कार्यक्रमहरु पनि सञ्चालन हुने कार्यक्रममा बताईयो ।

रेसुङ्गा नगरपालिकालाई तरकारी ब्लग , विरवास र हर्दिनेटालाई सुन्तला ब्लग क्षेत्रको सिफारिस पनि केन्द्रको फोनकै भरमा भएको बताईको छ ।  जिल्ला कृषि विकास समितिको अध्यक्ष स्थानिय विकास अधिकारी हुँदाहुँदै  र  त्यस समितिको बैठक समेत नराखी  सिफारिस गरी  सञ्चालन गरिएको कार्यक्रमले तिन वटै क्षेत्रलाई सम्वोधन नगरेको प्रति नेकपा माओवादी (क्रान्तिकारी ) का प्रतिनिधीले पनि विरोध जनाए ।

सो पार्टीका जिल्ला प्रतिनिधी केशव अधिकारीले मुलुक गणतान्त्रिक युगमा आई पुग्दा पनि राष्ट्रिय महत्वको यति राम्रो कार्यक्रम केन्द्रको फोन र पावरको भरमा छनौट हुनु भनेको पुरानै संस्कारलाई प्रोत्साहित गर्नु भएको टिप्पणी गरे ।

गुल्मीमा खास सुन्तलाको पकेट क्षेत्र भनेको नयाँगाउँ पिपलधारा लगायतका गाविसहरु भएको सवैलाई जग जाहेरै छ । तर विरवास र हर्दिनेटालाई मात्र  सुन्तलाको ब्लग बनाईनु , त्यो पनि केन्द्रबाट आएको फोनको भरमा ? भन्ने सवाल उठाउँदै नेपाल परिवार दलका जिल्ला अध्यक्ष पशुपति पाण्डेले पनि उक्त कार्य पारदर्शी हुन नसकेको प्रतिकृया दिए । कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य कृष्ण घिमिरे मौन थिए । माओवादी केन्द्रका संयोजक विरबहादुर कार्कीले पनि त्यो विषयलाई खासै ठुलो बनाउन चाहेनन् ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई गुल्मीका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत पाण्डेले उक्त परियोजना जिल्ला स्तरिय भएको र यसले कृषि उत्पादन मात्रै नभएर कृषिलाई उद्योगका रुपमा विकास गर्ने लक्ष्य लिईएको बताएका थिए ।

‘कृषकहरुको जिवनस्तरमा  रुपान्तरण– कृषिको व्यवसायीकीकरण तथा आधुनिकीकरण ’ भन्ने मुल नाराका साथ सञ्चालन गरिएको उक्त परियोजनाको उत्पादन जोन छनौट प्रकृया तिन चरणमा हुने कार्य विधी भए पनि त्यो गुल्मीमा लागु नभएको स्पष्ट भएको छ ।

सहभागीका अनुसार पहिलो चरणमा माटो ,  हावा पानी परिक्षण र  उत्पादन हुँदै आएको वस्तुलाई मध्ये नजर गरी पहिला पकेट क्षेत्र घोषणा गरिन्छ । त्यस पकेट क्षेत्रबाट लक्ष्य अनुसारको उत्पादन गरे पछि त्यस क्षेत्रलाई ब्लग बनाईन्छ । ब्लगले पनि लक्ष्य हाँसिल गरे पछि जोन घोषणा गरिन्छ ।

कार्यक्रमका सहभागीले यहि प्रश्न गरे  यस्तो विधी र  प्रकृया हुँदा हुँदै एकै चोटी जोन कसरी घोषणा गरियो ? भनेर । यस परियोजना अन्तरगत कृषि पाठशाला, कृृषकलाइृ पोत्साहन भत्ता , कृषि प्राविधिक शिक्षा , कृषि प्रशोधन केन्द्र , औजार मर्मत केन्द्र लगायतका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने आयोजकले जानकारी दिएका छन् ।

मंसिर देखि वरिष्ठ कृषि विकास अधिकृत तहको कार्यालय प्रमुख सहित ९ जना कर्मचारी टोली गुल्मी आई कार्यालय  सञ्चालन गरेको , कृषकहरुलाई निवेदन आव्हान गरेको , सुचना प्रवाह र आवेदन फारम वितरण र आज उक्त कार्याक्रमको औपचारिक उद्घाटन गर्दै अभिमुखी कार्याक्रम समेत गर्न गरिएको कार्यालय प्रमुख पाण्डेले बताए ।

उनका अनुसार समयमै रकम निकासी लगायतको काम अगाडी बढ्न नसक्दा यस  परियोजनाको रकम फ्रिज जाने सम्भावना समेत रहेको छ ।  परियोजनाको उद्घाटन प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले गरेका थिए ।  यस्तो कार्यक्रम पर्नु कृृषकहरुका लागि अवसर भएको भन्दै प्रमुख जिल्ला अधिकारीले सफलताको लागि शुभकामना दिदै आफ्नो सुझावहरु समेत दिएका थिए ।

त्यस्तै जिल्ला कृषि विकास समितिकी अध्यक्ष स्थानिय विकास अधिकारी कल्पना श्रेष्ठले पनि कार्यक्रम सफल पार्न सवै पक्ष विचको छलफल र सहकार्यको खाँचो भएको धारणा राखेकी थिईन् । कार्यक्रमको सञ्चालन त्यस परियोजनाका कृषि अधिकृत कुलप्रसाद दवाडीले गरेक थिए । 

जिल्ला कृषि विकास कार्यालयको सभाहलमा उक्त परियोजनाको अभिमुखीकरण गोष्ठीको मञ्चमा आशिन  प्रमुख अतिथी , विशेष अतिथी र कार्यक्रमकी अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै