नन्द बहादुर रोकाया/माघ १४, मुगु ।  हिमपात संगै अत्याधिक चिसो बढेपछि मुगु सहित कर्णालीका पाँच जिल्लाहरुको जनजिवन प्रभावित भएको छ । 

गएरात"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्द बहादुर रोकाया/माघ १४, मुगु ।  हिमपात संगै अत्याधिक चिसो बढेपछि मुगु सहित कर्णालीका पाँच जिल्लाहरुको जनजिवन प्रभावित भएको छ । 

गएरात"/>

2026-08-29 10:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाक्लो हिमपातपछि मुगुसहित कर्णालीको जनजिवन प्रभावित


नन्द बहादुर रोकाया/माघ १४, मुगु ।  हिमपात संगै अत्याधिक चिसो बढेपछि मुगु सहित कर्णालीका पाँच जिल्लाहरुको जनजिवन प्रभावित भएको छ । 

गएराति देखि परेको हिमपातले कर्णालीका मुगु जुम्ला, हुम्ला, र डोल्पा सहित कालिकोटका माथिल्ला क्षेत्रमा भएको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । हिजो रातीदेखी पानी पर्नुका साथै हिमपात पनि भएपछि यि क्षेत्रहरुमा जनजिवन प्रभावित भएको छ । 

जुम्ला सदरमुकाममा रहेका दिपेन्दका अनुसार हिजो रात्तिबाट शुरु भएको हिमपात आज बिहान सम्ममा झण्डै ३ फिट बराबरको हिउ परेको छ । “हिमपात हुने क्रम जारी छ, हिउँ परेपछि दैनिक हुने धेरैजसो कामकाजहरु सबैका प्रभावित भएका भएका छन । 

यता हुम्लामा पनी हिमपात भएको छ । हुम्ला सदरमुकाम सिमिकोटमा रहेका युवराज शाही ठकुरीका अनुसार  बिहानैबाट हुम्ला सदरमुकाममा शुरु भएको हिमपात अहिलसम्म पनी जारी रहेको छ । 

हुम्ला सदरमुकाम बाहेकका अन्य क्षेत्रहरुमा  हिजै रात्तिबाट हिमपात शुरु भएको भएपनी सदरमुकाम सिमिकोटमा भने बिहानबाट मात्रै हिमपात शुरु भएको शाहीले जानकारी दिए । यता, मुगु सदरमुकाममा पनी बिहानबाट पानी परेपनी दिउसो बाट हिमपात भएको छ  । 

जिल्लाका अन्य क्षेत्रमा हिजो रात्तिबाट नै हिमपात शुरु भएको भएपनी सदरमुकाममा भने दिउसो बाट मात्रै हिमपात शुरु भएको छ । हिमपात भएपछि मुगुको जनजिवन पनी प्रभावित  भएको छ । 

हिमपात सगैँ चिसो पनी बढेपछि सबै भन्दा बढी बालबालिका र बृद्धबृद्धाहरु बढी प्रभावित भएका छन भने सडकहरुमा र बजारपसलहरुमा मानिसको चहलपह समेत शुन्य जस्तै देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो