पूर्ण बहादुर खड्का/माघ १६, अछाम । अस्पताल निहित स्वास्थ्य सेवाले मात्रै जनताको स्वास्थ्य पूर्णरुपमा सुधार गर्न प्रयाप्त नहुने भन्दै न्याय हेल्थ नेपालले सामु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पूर्ण बहादुर खड्का/माघ १६, अछाम । अस्पताल निहित स्वास्थ्य सेवाले मात्रै जनताको स्वास्थ्य पूर्णरुपमा सुधार गर्न प्रयाप्त नहुने भन्दै न्याय हेल्थ नेपालले सामु"/>

2026-10-14 08:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नेपालमै पहिलो पटक अस्पताल सहितको सामुदायिक स्वास्थ्य सेवा अछाममा संचालन

बिरामीको घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै न्याय हेल्थ नेपाल

पूर्ण बहादुर खड्का/माघ १६, अछाम । अस्पताल निहित स्वास्थ्य सेवाले मात्रै जनताको स्वास्थ्य पूर्णरुपमा सुधार गर्न प्रयाप्त नहुने भन्दै न्याय हेल्थ नेपालले सामुदायिक स्वास्थ कार्यक्रमलाई पनि निरन्तरता दिएको छ । 

अस्पतालको उपचारले मात्रै बिरामीको स्वास्थ्यमा परिवर्तन नहुने भनेर संस्थाले सामुदायिक स्वास्थ्य सेवा सुरु गरेको हो । अस्पताल मार्फत आधारभुत स्वास्थ्य सेवा सुरु गरेसंगै  संस्थाले सामुदायिक स्वास्थ्य सेवालाई पनि संगै अगाडी बढाएको थियो ।

अछाम जिल्लामा मातृशिशुको स्वास्थ्यमा सुधार ल्याई शिशु मृत्युदर शुन्यमा पुर्याउन, स्वास्थ्य संस्थामा हुने गर्भवतीको दर बढाउन, घरमै बसेर बिरामीले स्वास्थ्यको बारेमा जानकारी गराई दिर्घरोगीहरुको निरन्तर अनुगमन गरी उनिहरुको स्वास्थ्यमा सुधार ल्याउने मुख्य उद्देश्यका साथ सामुदायिक स्वास्थ्य कार्यक्रमको अवधारणा ल्याईएको कार्यक्रमका उपनिर्देशक लालबहादुर कुवँरले बताउनु भयो ।

सामुदायिक स्वास्थ्य कार्यक्रम अन्र्तगत हाल संस्थाले सामुहिक गर्भस्याहार, सामुहिक बाल स्याशार, दिर्घरोगी घरभेट कार्यक्रम, निरन्तर अनुगमन प्रणाली, गर्भवती र सुत्केरीलाई घरभेट कार्यक्रम तथा सरकारबाट संचालित स्वास्थ्य संस्थालाई सौर्य उर्जा वितरण गर्ने लगायतका कार्यक्रमलाई संचालन गरिरहेको छ भने मातृ स्वास्थ्य संगै अस्पतालमा भएका जटिल प्रकारका अप्रेसन गरिएका बिरामीहरुलाई प्रभावकारी सेवा दिने काम पनि गरिरहेको कार्यक्रमका उपनिर्देशक कुवँरले बताउनु भयो ।

सामुदायिक स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन संचालन गरिएका कार्यक्रम अन्र्तगत सामुदायिक गर्भस्याहारमा भिडयो एक्सरे र प्रयोगशाला मार्फत समयमै उच्च जोखिममा रहेका गर्भवती महिला पत्ता लगाई बयालपाटा अस्पतालमा सुत्केरी गराई बच्चा र आमाको ज्यान जोगाउनुका साथै एक बर्ष भन्दा मुनिका शिसुहरुको मृत्युदरमा कमी ल्याउन शिशुलाई लाग्न सक्ने रोग र मृत्यु हुने कारणको पहिचान गरि स्वास्थ्य संस्थामा पठाउने काम कार्यक्रमले गरिरहेको छ । शिशुमृत्युदर घटाउनका लागी निरन्तर अनुगनको प्रणाली समेत अपनाईएको र सामुदायिक स्वास्थ्य कार्यकर्ताले प्रत्येक ३ महिनामा समुदायमा रहेका गर्भवती पत्ता लगाई स्वास्थ्य संस्थामा पठाउने गरेका छन । यस्तै २ बर्ष मुनिका शिशुहरु बिरामी भएको खण्डमा शिशुको उपचारका लागी घरका सदस्यहरुलाई जानकारी गराउने र स्वास्थ्य संस्था र अस्पताल लैजान प्रेरित गर्ने काम समेत भईरहेको छ । यस्तै दिर्घरोगीले अस्पतालपछि पनि घरमै सेवा पाउनु भन्ने उद्देश्यले उनिहरलाई घरभेट कार्यक्रम पनि संचालन गर्दै आएको छ भने गर्भवती र सुत्केरी आमाहरुलाई घरभेट गरी आवश्यक परामर्श, गर्भजाँचका लागी स्वास्थ्य संस्थामा पठाउनुका साथै जटिलता भएमा अस्पतालसम्म पुर्याउने काम कार्यक्रमले गरिरहेको छ ।   

कार्यक्रमले आफ्ना कार्य क्षेत्रका गाविसहरुमा भएका स्वास्थ्य संस्थालाई सबल बनाउनका लागी ति संस्थाहरुमा सौर्य उर्जाहरु प्रदान गरी बर्थिगं सेन्टरको क्षमता बढाउन समेत सहयोग गरिरहेको छ भने कार्यक्रमले सरकारको भौतिक पूर्वाधार तथा जनशक्तीलाई प्रयोग गरेर पनि सामुदायिक स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ ।

सामुदायिक कार्यक्रमलाई मोबाईल पद्धतिबाट संचालन गर्नुका साथै अस्पताल र समुदायको सेवा एकिकृत गर्ने न्याय हेल्थ नेपाल देशमै पहिलो भएको उपनिर्देशक कुवँरले उल्लेख गर्नुभयो । कार्यक्रमको सफलता मापन गर्नका लागी अनुगमन प्रणालीका साथै सुचांक समेत तयार गरिएको छ । जसमा गएको अंग्रेजी आर्थिक बर्षमा ४ पटक गर्भजाँच गर्ने दर ९० प्रतिशत, ७ महिनामा प्रयोगशाला जाँच गर्ने र ८ देखी ९ महिनामा भिडियो एक्सरे गर्ने दर शतप्रतिशत रहेको छ भने स्वास्थ्य संस्थामा सुत्केरी गराउने दर ९२ प्रतिशत तथा दिर्घरोगी घरभेट दर ६१ प्रतिशत सुचांक रहेको संस्थाका अनुगमन तथा मुल्याँकन प्रमुख पोषण थापाले जानकारी दिनुभयो ।

कार्यक्रम लागु भएका गाविसका जनताले ठुलो राहत मिलेको महसुश गरेका छन भने कार्यक्रम निरन्तर हुनुपर्नेमा उनिहरुले जोड दिने गरेका सामुदाियक स्वास्थ्य सहायक भावना बोगटीले जानकारी दिनुभयो । सामुदायिक स्वास्थ्य सेवाले शिशुदेखी बृद्धसम्मको स्वास्थ्यमा धेरै सुधार भएको र घरमै बसेर स्वास्थ्यको बारेमा जानकारी पाँउदा सबै जनता खुसी भएको समेत उहाँले बताउनुभयो ।

सामुदायिक स्वास्थ्य कार्यक्रम अछामको क्षेत्र नं. १ का विभिन्न १४ गाविस क्षेत्र नंं. २ का ७ वटा गाविसमा संचालन गरिएको छ । जिल्लाको चौरमाण्डौँ क्षेत्रमा पनि संस्थाले सेवा सुचारु गर्नका लागी अध्ययन सुरु गरेको छ । सेवा सुरु गर्न आवश्यक पर्ने पूर्वाधार लगायतका बिषयमा कार्यक्रमका उपनिर्देशक कुवँर र संस्थाका संचालन प्रबन्धक नविनप्रकाश शर्माको टोलीले सम्भाव्यता अध्ययन गर्ने काम समेत भरखरै सम्पन्न भएको छ । अछाम जिल्लाका अन्य गाविसमा पनि कार्यक्रम संचालनका लागी संस्थाले जिल्ला जनस्वास्थ्य कार्यालय अछामसंग प्रस्ताव अगाडी बढाउनुका साथै समन्वयको काम भईरहेको र सरकारको जनस्वास्थ्य अनर्तगतको कार्यक्रमलाई पनि रिडिकोट गाविसमा सामुदायिक स्वास्थ्य कार्यक्रमले नै संचालन गरिरहेको उपनिर्देशक कुवँरले बताउनु भयो । यस्तै दोलखा जिल्लाका ६ गाविसमा पनि सामुदायिक स्वास्थ्य कार्यक्रम संचालनका लागी तयारी पुरा भएको दोलखाका लागी सामुदायिक स्वास्थ्य सहायक सोनु खड्काले जानकारी दिनुभयो ।  

फोटो: बिरामीको घरमा गएर स्वास्थ्य सल्लाह दिदै न्याय हेल्थ नेपाल सामुदायिक स्वास्थ्य नर्स 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश