१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

स्ववियु निर्वाचनको बेला जुम्ला बहुमुखि क्याम्पसमा अनिश्चीतकालिन तालाबन्दी

१७ माघ २०७३, सोमबार १२:३३

नन्दराम जैशी/माघ १७, जुम्ला । नेक्राविसंघ जुम्लाले जुम्ला बहुमुखि क्याम्पस जुम्लामा अनिश्चीत कालिन तालाबन्दी गरेको छ । 

स्ववियु निर्वाचनका लागि त्रिविले दिएको विद्यार्थि भर्ना म्याद सकिदाँ पनि क्याम्पसले विद्यार्थि भर्ना गरेको भन्दै नेक्राविसंघ जुम्लाले जुम्ला बहुमुखि क्याम्पसमा आज अनिश्चीत तालाबन्दी गरेको हो । 

नेक्राविसंघ जुम्लाले आज पत्रकार सम्मेलन गर्दै क्याम्पसले विद्यार्थि भर्ना रोक्न र भर्ना म्याद सकिएपछि भर्ना भएका विद्यार्थिको भर्ना कार्य खारेज गर्न माग गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै नेक्राविसंघ जुम्लाका सचिब राजन नेपालिले क्याम्पस अनिश्चीत कालिन तालाबन्दी गरीएको जानकारी दिनुभयो । 

क्याम्पस प्रमुख शाखा, प्रशासन शाखा र लेखा शाखामा तालाबन्दी गरीएको उहाले बताउनुभयो । उहाले भन्नुभयो, भर्ना म्याद सकिँदा पनि क्याम्पसले विभिन्न विद्यार्थि संगठनले पेश गरेका फर्जि विद्यार्थि भर्ना गरेको छ । 

निर्वाचनका लागि मात्र विद्यार्थि संगठनले पेश गरेका जिल्ला स्थीत सरकारी तथा गैर सरकारी कर्मचारी तथा फर्जि विद्यार्थि भर्ना लिनुमा क्याम्पसले त्रिविको नियम र निर्देशन उल्लंगन गर्नु हो उहाको भनाइ छ । 

त्रिविले क्याम्पसलाइ माघ १४ गतेपछि विद्यार्थि भर्ना रोक्न निर्देशन दिएपनि क्याम्पसले भर्ना लिएको पाएपछि संगठन तालाबन्दी गर्न बाध्य भएको नेपालिले बताउनुभयो । नियमित पढ्ने विद्यार्थिले यस अघि भर्ना गरीसकेको भन्दै स्ववियु निर्वाचनमा आफ्ना भोटर संख्या बढाउनका लागि मात्र जिल्लाका अन्य विद्यार्थि संगठनले गैर कानुनि रुपमा फर्जि विद्यार्थि भर्ना गर्न खोजेको नेक्राविसंघ जुम्लाले दावि गरेको छ ।

 फर्जि विद्यार्थिको भर्ना खारेज नगरेसम्म क्याम्पस तालाबन्दी नखोल्ने नेक्राविसंघले बताएको छ ।      


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा