Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

स्ववियु निर्वाचनको बेला जुम्ला बहुमुखि क्याम्पसमा अनिश्चीतकालिन तालाबन्दी

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

नन्दराम जैशी/माघ १७, जुम्ला । नेक्राविसंघ जुम्लाले जुम्ला बहुमुखि क्याम्पस जुम्लामा अनिश्चीत कालिन तालाबन्दी गरेको छ ।

स्ववियु निर्वाचनका लागि त्रिविले दिएको विद्यार्थि भर्ना म्याद सकिदाँ पनि क्याम्पसले विद्यार्थि भर्ना गरेको भन्दै नेक्राविसंघ जुम्लाले जुम्ला बहुमुखि क्याम्पसमा आज अनिश्चीत तालाबन्दी गरेको हो ।

नेक्राविसंघ जुम्लाले आज पत्रकार सम्मेलन गर्दै क्याम्पसले विद्यार्थि भर्ना रोक्न र भर्ना म्याद सकिएपछि भर्ना भएका विद्यार्थिको भर्ना कार्य खारेज गर्न माग गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै नेक्राविसंघ जुम्लाका सचिब राजन नेपालिले क्याम्पस अनिश्चीत कालिन तालाबन्दी गरीएको जानकारी दिनुभयो ।

क्याम्पस प्रमुख शाखा, प्रशासन शाखा र लेखा शाखामा तालाबन्दी गरीएको उहाले बताउनुभयो । उहाले भन्नुभयो, भर्ना म्याद सकिँदा पनि क्याम्पसले विभिन्न विद्यार्थि संगठनले पेश गरेका फर्जि विद्यार्थि भर्ना गरेको छ ।

निर्वाचनका लागि मात्र विद्यार्थि संगठनले पेश गरेका जिल्ला स्थीत सरकारी तथा गैर सरकारी कर्मचारी तथा फर्जि विद्यार्थि भर्ना लिनुमा क्याम्पसले त्रिविको नियम र निर्देशन उल्लंगन गर्नु हो उहाको भनाइ छ ।

त्रिविले क्याम्पसलाइ माघ १४ गतेपछि विद्यार्थि भर्ना रोक्न निर्देशन दिएपनि क्याम्पसले भर्ना लिएको पाएपछि संगठन तालाबन्दी गर्न बाध्य भएको नेपालिले बताउनुभयो । नियमित पढ्ने विद्यार्थिले यस अघि भर्ना गरीसकेको भन्दै स्ववियु निर्वाचनमा आफ्ना भोटर संख्या बढाउनका लागि मात्र जिल्लाका अन्य विद्यार्थि संगठनले गैर कानुनि रुपमा फर्जि विद्यार्थि भर्ना गर्न खोजेको नेक्राविसंघ जुम्लाले दावि गरेको छ ।

फर्जि विद्यार्थिको भर्ना खारेज नगरेसम्म क्याम्पस तालाबन्दी नखोल्ने नेक्राविसंघले बताएको छ ।