कृष्ण कँडेल/माघ १८, बागलुङ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको प्रश्तावित ढोरपाटन नगरपालिका स्तरिय भेला सोमबार बुर्तिबाङमा सम्पन्न भएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/माघ १८, बागलुङ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको प्रश्तावित ढोरपाटन नगरपालिका स्तरिय भेला सोमबार बुर्तिबाङमा सम्पन्न भएको छ । 

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको ढोरपाटन नगर अध्यक्षमा भण्डारी

१८ माघ २०७३, मंगलवार ०२:२५


कृष्ण कँडेल/माघ १८, बागलुङ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको प्रश्तावित ढोरपाटन नगरपालिका स्तरिय भेला सोमबार बुर्तिबाङमा सम्पन्न भएको छ । 

कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रिय सदस्य रतन मलेपतीले स्वाधिन अर्थतन्त्र निर्माणका लागि राष्ट्रिय उद्योगि व्यापारी संगठित भएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले स्वदेशी उत्पादनलाई प्रबद्र्धन गरेरमात्र राष्ट्रिय स्वाधिनता सहितको स्वाभिमान बचाउन सकिने भन्दै समृद्ध नेपाल निर्माण गर्न उद्योगि व्यवसायी जुट्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा संगठनका केन्द्रिय पार्षद राजबहादुर थापा, प्रदेश नम्बर–४ का सदस्य अर्जुन चोखाल र जिल्ला सहसंयोजक बाबु डियर हमालले जिल्ला भित्रका प्रश्तावित १० ओटै पालिकामा संगठन विस्तार गर्दै स्वाधिन अर्थतन्त्र निर्माणमा उद्योगि व्यवसायीलाई सहभागी गराउने अभियानमा लागेको बताउनुभयो । 

सो अवसरमा नेकपा एमालेका टंक पौडेल, माओवादी केन्द्रका तुल्सीराम आर्याल र राजेन्द्र कुँवर, नेकपा क्रान्तिकारी माओवादीका निलबहादुर पुन, निर्माण व्यवसायी थमप्रकाश पुन लगायतले मन्तव्य राख्नुभएको थियो । 

भेलाले चित्रबहादुर भण्डारीको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा चिन्तामणी सापकोटा, सचिवमा फारमबहादुर कुँवर, सहसचिवमा पुरन लामा र कोषाध्यक्ष लक्ष्मी बानियाँ रहनुभएको छ । 

सदस्यमा दलबहादुर भण्डारी, हेमप्रसाद विक, तेजेन्द्र केसी, जोगबहादुर विक, कृष्ण खरेल, भिम भण्डारी, जीतबहादुर कुँवर, दुर्गा पौडेल, ऋषिराम गौतम, रामप्रसाद ढकाल, होमबहादुर विक, सुवास विक, त्रिदेवि छन्त्याल, शुशिल परियार लगायत रहनुभएको छ । 

तुल्सीराम आर्यालको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति गठन भएको छ । लक्ष्मी बानियाँको संयोजकत्वमा महिला उद्यामी समिति गठन भएको छ । भेला चित्र भण्डारीको अध्यक्षता, फारमबहादुर कुँवरको स्वागत मन्तव्य र चन्द्र अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह