2026-09-19 07:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चमेलिया जलविद्युत आयोजनामा दोम्बर खर्च, आयोजनाको काम अन्तीम चरणमा

नरी बडु, माघ १८, बैतडी । दार्चुलाको बलाँचमा अवस्थीत ३० मेगावाट क्षमता रहेको निर्माणाधिन चमेलिया जलविद्युत अयोजनमा दोब्बर खर्च हुने देखिएको छ । कुल लागत ८ अर्ब ५० करोड रहेको आयोजनामा हालसम्म मात्रै १२ अर्ब खर्च भैसकेको छ । परियोजना निर्माणको अन्त्य सम्ममा १५ अर्ब ५० करोड खर्च हुने चमेलिया जलविद्युत परियोजनाका प्रमुख अजय दाहालले बताए ।

भगोलिक विकटता, सुरुङ निर्माण पछि खुम्चीनु, आयोजना प्रभावित जिल्लाहरुका लागि निर्माणधिन स्थलमै सव स्टेशन राख्नु पर्ने लगायतका कारणले खर्च दोब्बर भएको हो ।

आयोजनाको सुरुङमा खुम्चीएको ८ सय ४३ मिटर भाग खुम्चीएको थियो जसमध्ये अझै ४५ मिटर मात्र खोल्न बाँकी छ । खुम्चएको सुरुङमा मात्रै १ अर्ब खर्च भएको छ । अहिलेसम्म जम्मा काममध्ये ९८ प्रतिशत काम सकिएको प्रमुख अजय दाहालले बताए ।

सिभिलको काममा ५ अर्ब २४ करोड, हाइड्रो इलेक्ट्रो मेकानिकलमा ३ अर्ब ९७ करोड, सव स्टेशन निर्माणमा १४ करोड ८३ लाख, आयोजना प्रभावितलाई मुआब्जा दिनमा १४ करोड ९१ लाख, भवनमा ६ करोड खर्च भएको चमेलिया जलविद्युत आयोजनाले जनाएको छ ।  

२००७ जनवरी देखि सुरु भएको परियोजना ०११ डिसिम्बरमा सक्ने लक्ष राखेको भएपनि हाल सम्म पुरा हुन सकेको छैन् । २०१७ डिसिम्बर सम्ममा परियोजनाको काम सम्पन्न हुने उहाँको प्रमुख दाहालको भनाई छ ।

देशको राजनितिक अस्थिरता, प्रक्रियागत झन्जट र बाटोको सहज पहुँच नभएका कारण ढिलाई भएको दाहालले बताए । ड्याब बाध्न सकिने भएकाले चमेलिया जलविद्युत आयोजनाले खुख्खायामको समयमा पनि दैनिक ६ घण्टा पुरा विद्युत प्रशारण गर्न सक्ने छ ।

धेरैजसो आयोजनाहरुमा खुख्खायामको समयमा २५ देखि ३० प्रतिशत मात्रै विद्युत प्रवाह हुन्छ ।

परियोजनाको प्रशारण लाईनका लागि टावरहरु निर्माण भैसकेको उहाँको भनाई छ । अयोजना निर्माणस्थल देखि परियोजनाको मुख्य प्रशारण केन्द्र अत्तरीया सम्म ४ सय १२ टावरहरु निमार्ण भएका छन् ।

परियोजनाको इन्टेक, टनेल, बाटो र पावरहास लगायतका सिभिलको काम चिनको चाईना गेजुवा गु्रप (सिजिजिसि) कम्पनीले गरेको थियो भने टावर निर्माणको काम कोरीयन कम्पनी  (केएचएएफपि) ले गरेका थियो । आयोजना निर्माण पछि सुदूर तथा मध्य पश्चिमका अघिकासं ठाँउ लोडसेडिङ मुक्त हुने छन् ।

क्याप्सन ः सुदूरपश्चिमको दार्चुला र बैतडीको सिमानामा अवस्थीत ३० मेगावाट क्षमता भएको निर्माणधिन चमेलिया जनविद्युत अयोजनाको पावरहाउस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई