२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

भोजपुरमा दुई हजारभन्दा बढीले नाम दर्ता गरे

१८ माघ २०७३, मंगलवार ०७:३१

माघ १८, भोजपुर । फोटोसहितको मतादाता नामावली सङ्कलनमा भोजपुरका दुई हजार तीनजना मतदाताले हालसम्म नाम दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालय भोजपुरले निर्धारण गरेको ७५ दर्ता स्थलमा नाम दर्ता गराएकामध्ये ७९७ महिला र एकहजार २०३ पुरुषले नाम दर्ता गराएको निर्वाचन कार्यालयका सूचना अधिकारी दिव्यश्वरी जोशीले बताए ।

मतदाता नामावलीसम्बन्धी ऐन, २०६३ को दफा ५ बमोजिम मतदाता हुन योग्यता पुगेका व्यक्तिको फोटोसहितको नामावली समावेश गर्ने, नाम हटाउने, सार्ने र सङ्कलन भएको नामावलीमा भएको त्रुटि सच्याउनेलगायतको कार्य भइरहेको कार्यालयले जनाएको छ ।

नामावली सङ्कलन र अध्यावधिकका लागि निर्वाचन कार्यालयले छवटा टोलीलाई परिचालन गरेको छ। गत पुस १० गतेदेखि यही माघ २० गतेसम्म नामावली सङ्कलन तथा अध्यावधिकको कार्य गरिनेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा