सलिम अन्सारी/सागर शर्मा/माघ १९, प्युठान । यी बालिकाको खुट्टा राम्ररी चल्दैन । कम्मर मुनिको भाग राम्ररी नचल्दा आफ्नो ज्यान धान्न सक्दिन्न यिनी । जन्मजात शारिरिक अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सलिम अन्सारी/सागर शर्मा/माघ १९, प्युठान । यी बालिकाको खुट्टा राम्ररी चल्दैन । कम्मर मुनिको भाग राम्ररी नचल्दा आफ्नो ज्यान धान्न सक्दिन्न यिनी । जन्मजात शारिरिक अ"/>
२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपाङ्ग बालीकाको सहारा बनिन ७५ बर्षीय हजुरआमा

२०७३, १९ माघ बुधबार १०:५५

सलिम अन्सारी/सागर शर्मा/माघ १९, प्युठान । यी बालिकाको खुट्टा राम्ररी चल्दैन । कम्मर मुनिको भाग राम्ररी नचल्दा आफ्नो ज्यान धान्न सक्दिन्न यिनी । जन्मजात शारिरिक अपाङ्ग छिन उनै १३ बर्षिया बालिका पुजा नेपाली ।

उनलाइ अपाङ्ग अबस्था मै छोडेर जन्मदिने आमावुवा समेत धन कमाउन भारत लागे । उनिहरु लामो समय देखि भारत मै छन।बिगत ५ बर्ष देखि उनी आफ्नी बृद्ध हजुरआमा संगै आश्रीत छिन ।

अपाङ्ग अबस्थामा रहेकी ती बालिकाको बुवा बिष्णु नेपाली र आमा सुकमेली नेपाली भारत छिरेपछी पुजाको लालनपालनको जिम्मेवारी उनकी हजुरआमाको काँधमा आइलागेको हो । नातिनिलाइ सकिनसकी बेलाबेलामा एउटा ह्विलचियरमा राखेर घरवरिपरी घुमाउनु नै उनको दिनचर्या बनेको छ । 

नजिकैको भेटनरी स्कुलमा कक्षा १ मा अध्यन गर्ने उनिलाइ बिधालयमा आउजाउ गर्न पनि हजुरआमा कै सहारा चाहिन्छ । पुजा ह्विलचियरको सहारा बिना हिडदुल समेत गर्न सक्दिन्न । हांस्छिन, खेल्छीन र रमाउँछिन।हंसिली र फरासिलि भएकिले भेट्ने जो कोहिको मन पगाल्छिन उनले ।

प्युठान नगरपालिका ३ स्थित मावली घरमा बस्दै आएकि यी दलित बालिकाको दैनिकी यस्तै बितिरहेको छ । उनलाइ हेरचाह र रेखदेख गरिरहेकी हजुरआमा भन्छिन, "पुजाको रेखदेख अहिले मैले गरिरहेको छु ।"

उमेरले ७५ बर्ष पुगेकी उनकी हजुरआमा फुर्सी नेपालीले आफुलाइ त पाल्न नसक्ने  अबस्थामा आइलागेको यो समस्याले पिरोलिरहेको बताइन । फुर्सिले भनिन," अब छोडेर जाउँ कसरी जाउं, कहाँ लैजाउँ, बुढेशकालमा अपाङ्ग नातिनी स्याहार्न गार्हो छ ।" आफ्नो छोरी ज्वाइँलाइ तिमिहरु संगै लैजाउ भन्दा पनि उनिहरु मान्दैन्न । फुर्सिले भनिन ।

आफुलाइ जन्मदिने बुबाआमा नै निर्दयी भएपछी आखिर अरु कस्को भर । अहिले सम्म कहिकतैबाट सहयोग नपाएकोमा उनको दुखेसो छ । जन्मजात अपाङ्ग भएपछी आफ्नै जन्मदिने आमावुवाले समेत छोडेर गएपछी हजुरआमाको सहारामा बाँचिरहेकी दलित बालिका भन्छिन,"मलाइ पढ्ने रहर छ ।" सबैले आश्वासन मात्र दिए सहयोग गरेन्न ।

राष्ट्रीय अपाङ्ग सेवा संघ प्युठानले पिडित बालिकाको घर मै पुगेर एक थान ह्विलचियर, १ दर्जन कपि, १ दर्जन कलम र १ थान झोला उपलब्ध गराएको संघका अध्यक्ष जुमान सिहँ केसिले जानकारी दिए ।

संघले अपाङ्ग बाल अस्पताल पुनस्थापना केन्द्र बनेपासंग समन्वय गरि उपचारका लागि पठाएको समेत बताए।बनेपामा चार बर्षको बसाइपछी घर फर्केकी अपाङ्ग बालिकाको दैनिक थियोग्राफी हुन नपाउँदा उनको स्वास्थस्थिती झनपछी झन कमजोर बन्दै गएको केसिले बताए । 

अपाङ्ग बालिकाको पारिवारिक स्थिती  कमजोर हुँदा र जिल्ला मै थियोग्राफी गर्ने उपकरण नहुँदा उपचारमा समस्या थपिएको हो । नेपालको जनगणना २०६८ अनुसार जिल्लामा २ हजार ८ सय १६ जना महिला र ३ हजार १ सय १४ जना पुरुष विभिन्न कारणले अपाङ्ग भएको तथ्याङ रहेको जिल्ला बालबालिका कार्यालय प्युठानकी निमित्त महिला बिकास अधिकृत मायां श्रेष्ठले जानकारि दिइन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ