2026-09-19 06:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागलुङको एकै गाविसबाट चार करोडको सुन्तला बिक्री

माघ २०, बागलुङ । बिहुँ गाविसबाट यस वर्ष करिब रु चार करोड बराबरको सुन्तला बिक्री भएको छ । 

कुल ५० हेक्टरमा ९०० मेट्रिक टन सुन्तला फलेको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत विप्लवप्रसाद अधिकारीले जाकानरी दिनुभयो । एउटै बोटमा ५० किलोदेखि ५०० किलोसम्म सुन्तला फलेको उहाँको भनाइ छ । 

बिहुँको सुन्तला सदरमुकाम बागलुङ बजारलगायत काठमाडौँ, चितवन, बुटवल, पोखरालगायतका बजारमा बिक्री हुने गरेको छ । व्यापारीले सुन्तलाको बोट नै ठेक्कामा खरिद गर्ने गरेका छन् । बिहँुको सुल्डाँडा, किमबोट, ताराखसे, हटिया, करलिमलगायतका किसानले व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका छन् । 

“एउटै घरबाट एकसय क्विन्टलभन्दा बढी सुन्तला बिक्री हुन्छ”, अधिकृत अधिकारीले भन्नुभयो – “न्यूनतम रु ५० हजारदेखि रु पाँच लाखसम्मको सुन्तला एउटै घरबाट बिक्री हुने गरेको छ ।” 

बिहुँ–४ खोलाखेतका किसान तुलसी कँडेलले यस वर्ष ८० क्विन्टल सुन्तला बिक्री गरेर रु चार लाख आम्दानी गरेको बताउनुभयो । किसानले प्रतिकिलो रु ३० देखि रु ४० मा सुन्तला बिक्री गरेका थिए । अहिले सुन्तलाको मूल्य प्रतिकिलो रु ८० सम्म पुगेको छ । यहाँ १० हजार सुन्तलाका नयाँ बोट हुर्किरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लाभर यस वर्ष करिब रु १३ करोडको तीन हजार चार सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । जिल्लामा कुल ५९८ हेक्टरमा सुन्तला खेती गरिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई