नन्दराम जैशी/माघ २१, जुम्ला । जुम्लामा कार्यरत गाविस सचिबहरुले बिहिबारदेखि अनिश्चीत कालिन बिरोध सहितको धर्ना कार्यक्रम शुरु गरेपछि सेवाग्राही मर्कामा परेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  

नन्दराम जैशी/माघ २१, जुम्ला । जुम्लामा कार्यरत गाविस सचिबहरुले बिहिबारदेखि अनिश्चीत कालिन बिरोध सहितको धर्ना कार्यक्रम शुरु गरेपछि सेवाग्राही मर्कामा परेक"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाका गाविस सचिबले बिरोध सहितको धर्ना कार्यक्रम थालेपछि…

२०७३, २१ माघ शुक्रबार ०५:२७

 

नन्दराम जैशी/माघ २१, जुम्ला । जुम्लामा कार्यरत गाविस सचिबहरुले बिहिबारदेखि अनिश्चीत कालिन बिरोध सहितको धर्ना कार्यक्रम शुरु गरेपछि सेवाग्राही मर्कामा परेका छन् । 

गाविस सचिबहरुले सरकारसँग आफ्नो कार्य सम्पादनमा आधारीत भत्ताको माग गर्दै बिहिबारदेखि जुम्लामा अनिश्चीत कालिन बिरोध सहितको धर्ना कार्यक्रम शुरु गरेपछि सेवाग्राही मर्कामा परेका हुन् । 

गाविस सचिब हकहित संरक्षण केन्द्र जुम्लाको नेतृत्वमा जुम्लाका २६ गाविसमा कार्यरत गाविस सचिबहरुले अफ्नो माग पुरा नभएसम्म गाविसको दैनिक कार्यसम्पादन नगर्ने भन्दै गासिवसका सम्पुर्ण छापहरु स्थानिय विकास अधिकारीलाइ बुझाएका छन् । 

अनिश्चीत कालिन बिरोध कार्यक्रम अन्र्तगत शुक्रबार आजदेखि जिल्ला विकास समितिमा नियमित धर्ना दिने गाविस सचिबहरुले बताएका छन् । स्थानिय विकास अधिकारी हरीनारायण बेल्वासेलाइ माग पत्र सहित गाविसका छाप बुझाउदै सचिबहरुले सरुवा नियमित हुनुपर्ने, एक गाविस एक सचिब काम गर्ने ब्यवस्था हुनुपर्ने र कार्यसम्पादनमा आधारीत भत्ताको ब्यवस्था हुनुपर्ने माग राखेका छन् । 

गाविस सचिबहरुको अध्यधिक कार्यबोझ भएको र कुनै कार्य बितरण नतोकि सम्पुर्ण मन्त्रालय तथा केन्द्रीय निकायको काम गाविस सचिबहरुलाइ लागाउने गरेको भन्दै कार्य बिवरण तोक्न र कार्य सम्पादनमा आधारीत भत्ताको ब्यवस्था गर्न सरकार समक्ष सचिबहरुले माग राखेका छन् । 

अन्य निकाय जस्तै कार्य सम्पादनमा आधारीत भत्ता गाविस सचिबहरुले तिन महिनाको पाएकोमा हाल भत्ता स्वीकृत नहुँदा गाविस सचिबहरको गम्भीर ध्यानाकर्षण भएको गाविस सचिब हकहित संरक्षण केन्द्र जुम्लाका कार्यबहाक अध्यक्ष जन महताराले बताउनुभयो । 


आफ्ना मागहरु सुनुवाइ नभएसम्म निरन्तर आन्दोलनका कार्यक्रम जारी राख्ने गाविसको कुनैपनि कार्य सम्पादन नगर्ने जुम्लाका गाविस सचिबहरुले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएका छन् । कार्य सम्पादनमा गाविस सचिबहरु कर्तब्यनिष्ट हुँदा सरकारले सचिबको लचकता देखेर माग सुनुवाइ नगर्ने भएकाले धर्नाका कार्यक्रम तय गरीएको गाविस सचिब हकहित संरक्षण केन्द्र जुम्लाले दावि गरेको छ । 

यता स्थानिय विकास अधिकारी हरीनारायण बेल्वासेले माग पत्र र गाविसका छापहरु बुझ्दै माग सम्बोधनका लागि स्थानिय विकास मन्त्रालयका सचिबहरुसँग अनुरोध गरीने बताउनुभयो । गाविस सचिबहरुलाइ आफ्नो कर्तब्यबाट नबाहिरीन र गाविसको सेवा प्रवाह नरोक्न उहाले निर्देशन दिनुभएको छ । 

माग सम्बोधनका लागि सरकारी सेवामा प्रवेश गर्दा देश र जनताको सेवाका लागि खाएको सपथ र सरकारी कर्मचारीको आचरण भन्दा बाहिए नजान अनुरोध गर्दै गाविस सचिबहरुलाइ जनताको सेवामा प्रतिबद्ध रहन उहाको आग्रह छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण