2026-10-18 04:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

माओवादी केन्द्र तेह्रथुमले चैतभित्रै जिल्ला सम्मेलन गर्ने

प्रकाश धौलाकोटी/माघ २३, तेह्रथुम । नेकपा माओवादी केन्द्र, तेह्रथुमले आगामी चैतभित्रै पार्टीको जिल्ला अधिवेशन गर्ने भएको छ । 

शनिबार सम्पन्न पार्टीको सचिवालय बैठकले जिल्लाका सबै गाउँपालिका, नगरपालिकाका वडास्तरदेखि जिल्ला तहसम्मको अधिवेशन गर्न निर्देशन गर्ने निर्णय गरेको हो । 

बैठकले फागुन मशान्तभित्र वडा, गाउँ तथा नगरको सम्मेलन गर्ने र चैतभित्र जिल्ला सम्मेलन गर्ने निर्णय गरेको केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य सलबहादुर तिवारीले बताए । यस्तै बैठकले ‘नयाँ तेह्रथुम’ निर्माणकालागि जनतासँग परामर्श गरेर पर्यटन विकास, कृषिमा आधुनिकीकरण लगायत विषय सम्मिलित तत्कालिन, अल्पकालिन र दीर्घकालिन योजनाहरु निर्माण गरिने समेत निर्णय गरेको छ । 

बैठकले आगामी स्थानीय निकाय निर्वाचनमा पार्टीलाई सबै तहमा विजयी गराउन सबै कार्यकर्तालाई सक्रिय रहन समेत सचिवालय बैठकले निर्णय गरेको जनाएको छ । बैठकमा केन्द्रिय कार्यालय सदस्य तथा प्रदेश नं. १ इन्चार्ज गोपाल किराँती ‘साइला’ र केन्द्रिय सचिवालय सदस्य तथा प्रदेश नं. १ संयोजक सावित्रीकुमार काफ्ले ‘समर’  पनि सहभागी थिए । बैठकले केन्द्रिय पोलिट व्युरो सदस्य तथा जिल्ला इन्चार्ज दुर्गाप्रसाद चापागाईको अध्यक्षतामा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु