माघ २३, मिनिला । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले फिलिपिन्समा विद्रोह गरिरहेको माओवादी विद्रोहीसँगको शान्ति बार्ता अन्त्य गर्नुभएको छ । 

माओवाद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २३, मिनिला । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले फिलिपिन्समा विद्रोह गरिरहेको माओवादी विद्रोहीसँगको शान्ति बार्ता अन्त्य गर्नुभएको छ । 

माओवाद"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिलिपिन्समा माओवादी विद्रोहीसँगको बार्ता अन्त्य

२३ माघ २०७३, आईतवार १०:२७

माघ २३, मिनिला । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले फिलिपिन्समा विद्रोह गरिरहेको माओवादी विद्रोहीसँगको शान्ति बार्ता अन्त्य गर्नुभएको छ । 

माओवादी विद्रोहीहरुले शान्ति बार्ता अन्त्य भएको घोषणा गरेको केहीदिनपछि राष्ट्रपति डुटेर्टेले पनि सरकारको तर्फबाट बार्ता अन्त्य गर्नुभएको हो । फिलिपिन्समा लामो समयदेखि भएको रक्तपातपूर्ण द्वन्द्वलाई अन्त्य गर्न भन्दै केही समयअघि सरकार र माओवादी विद्रोहीकाबीचमा शान्ति बार्ता सुरुभएको थियो । 

शनिबार साँझ उहाँले भन्नुभयो, “मैले हाम्रा सिपाइहरुलाई लामो युद्धको तयारी गर्न भनिसकेको छु, हाम्रो पुस्ता रहने बेलासम्म यहाँ शान्ति स्थापना हुने भएन ।” गत अगस्तमा दुवै पक्षले छुट्टाछुट्टै आ–आफ्नै तरिकाले युद्धविरामको घोषणा गरेका थिए । युद्धविरामपछि रोममा लामो समयसम्म लगातार शान्ति बार्ता भएको थियो । 

सरकारीतर्फबाट युद्धविराम अन्त्य भएको घोषणा गर्नेक्रममा राष्ट्रपति डुटेर्टेले पत्रकारसँग भन्नुभयो, “म ती विद्रोही माओवादीका नेतासँग बार्ता गर्न इच्छुक छैन, अव म कुनैपनि विषयमा उनीहरुसँग कुराकानी गर्न अस्विकार गर्दछु ।” 

“हामी ५० वर्षदेखि लडिरहेका छौँ, यदी युद्धलाई तपाईहरु अझै ५० वर्षसम्म लम्व्याउन चाहनुहुन्छ भने हामीपनि सुखीका साथ त्यसको सामना गर्न तयार छौँ ।” विद्रोहीहरुलाई चेतावनी दिँदै उहाँले भन्नुभयो । 

फिलिपिन्समा कम्युनिष्ट विद्रोहीले सन् १९६८ देखि गरिरहेको विश्वकै सबैभन्दा लामो युद्धका कारण अहिलेसम्म झन्डै ३० हजार जना मारिएको सेनाले जनाएको छ । रासस/एएफपी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ