2026-11-08 12:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने

2026-06-23

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र गुटउपगुट नबनाउन निर्देशन दिएका छन् । महाधिवेशनको बन्दसत्रलाई आज सम्बोधन गर्दै उनले गुट उपगुटले पार्टीलाई माथि नलैजाने बताएका हुन् । सभापति लामिछानेले भने, “हामीले पनि गुटउपगुट बनायौँ भने हामीबाट आउने परिणाम पनि पुराना पार्टीको जस्तै हुन्छ । फरक आउँदैन । फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ ।”

महाधिवेशनमा आफ्नो विवेक प्रयोग गर्न आग्रह गर्दै उनले भने, “५२ लाख जनताले विवेक प्रयोग गरेर हामीलाई जिताउनुभयो, त्यही विवेक हामीले पनि प्रयोग गर्नुपर्छ ।”

प्रतिनिधि चयन गर्दा विवेकपूर्वक गरिएको उनको भनाइ थियो । प्रतिनिधिहरूले तिरेको रु पाँच हजार ऐच्छिक बनाइएको भन्दै उनले त्यही पाँच हजार आवश्यक परे फिर्ता लैजान सक्ने बताउनुभयो । उनले भने “तपाईंले तिरेको रु पाँच हजार चाहेमा फिर्ता लिन सक्नुहुने छ । यति दिन बस्दा खर्च धेरै भएको छ, सक्नेले आफ्ना साथीको तिरिदिन्छु भन्नुभयो भने राम्रो हुन्छ ।”महाधिवेशन निर्वाचनको सन्दर्भमा उनले जसले जिते पनि घण्टीबाहकले जित्ने विश्वास व्यक्त गरे । उनले भने, “निर्वाचनमा जसले जिते पनि घण्टीबाहक जित्छ । म कसैको पक्षमा छैन ।” सभापति लामिछानेले थप भने, “तपाईँले आफू कसलाई भोट हाल्नुहुन्छ, तपाईँको कुरा हो । यसलाई भोट दिनु उसलाई नदिनु भन्ने व्यक्ति रास्वपा होइन ।”

सभापति लामिछानेले नेतृत्व चयनका लागि कसैलाई पनि उम्मेदवारी दिनबाट वञ्चित नगराइने स्पष्ट पारे । उनले सांसद वा मन्त्री भइसकेका व्यक्तिलाई उम्मेदवार बन्न नदिने भन्ने हल्ला निराधार रहेको बताए ।

उनले भने, “पुराना र नयाँ सबै साथीलाई आफ्नो योग्यता र क्षमताअनुसार प्रतिस्पर्धा गर्ने अधिकार रहेको छ ।” पार्टीले कसलाई भोट हाल्ने वा नहाल्ने भन्ने विषयमा कुनै औपचारिक निर्णय नगरेको भन्दै उनले प्रतिनिधिहरूलाई आफ्नो विवेक प्रयोग गरेर नेतृत्व छान्न आग्रह गरे । उनले भने, “रास्वपा ‘ह्वीप’ भन्दा पनि ‘विवेक’ ले चल्ने पार्टी हो ।” पार्टीभित्र हुने सामान्य असन्तुष्टि र मनमुटावलाई कोठाभित्रै बसेर छलफलमार्फत टुङ्ग्याउनुपर्नेमा जोड दिँदै सभापति लामिछानेले सडक वा मैदानमा लगेर तमासा नबनाउन प्रतिनिधिलाई सचेत गराए । रास्वपा आफ्ना सबै मतभेद अन्त्य गर्न सक्ने पार्टी भएको उदाहरण प्रस्तुत गर्नुपर्ने भन्दै उनले विना विवाद, स्वस्थ र स्वच्छ तरिकाले महाधिवेशन सम्पन्न गरेर इतिहास रच्न आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने प्रधानमन्त्री बालेनद्वारा तिहारको शुभकामना व्यक्त, सत्य र न्यायको बाटोमा अघि बढ्न आग्रह एनपीएलमा आज लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाज भिड्दै उम्मेदवार छनोटमा नातावाद र पहुँच निषेध गर्दै रास्वपाले जारी गर्‍यो ७ बुँदे निर्देशन ममता काफ्ले हत्या प्रकरण : अदालतमा नरेशको बयान, शव टुक्राटुक्रा पारेको स्वीकार अर्घाखाँचीमा बस दुर्घटना, १६ घाइते; ६ जनाको अवस्था गम्भीर गगनजीलाई कसैले पक्राउ गर्न सक्दैन : प्रचण्ड बाढीपहिरो प्रभावित रसुवा, धादिङ र नुवाकोटमा कांग्रेसले पुनःस्थापना अभियान चलाउने जनताले देखाएको ऐनामा झम्टिनु राजनीतिक चरित्र होइन : रवि लामिछाने सुदूरपश्चिमसँग कर्णाली ३९ रनले पराजित सस्तोमा डलर साट्ने भन्दै लुटपाट गर्ने एक युवक गोली प्रहार गरी नियन्त्रण