2026-10-18 08:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल

2026-06-23

काठमाडौँ | नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले इतिहासका विभिन्न कठिन परिस्थितिहरूको सामना गर्दै पुनः उठ्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि पार्टीलाई जनविश्वासको केन्द्रका रूपमा स्थापित गरिने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेश कमिटीले सोमबार सुर्खेतमा आयोजना गरेको एकदिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीमा संकट पर्दा जनताले नै संरक्षण गर्ने भएकाले जनताका भावना, आवश्यकता र अपेक्षालाई बुझ्नुपर्नेमा जोड दिए।

उनले पार्टीले निर्माण गरेका नीति तथा कार्यक्रम जनतासम्म प्रभावकारी रूपमा पुर्‍याउन नसक्दा कतिपय अवस्थामा गलत बुझाइ उत्पन्न भएको बताए। “निराशालाई आशामा बदल्नु आजको आवश्यकता हो,” उनले भने, “जनताको विश्वास जित्न पार्टीले आफ्ना विचार, नीति र कार्यक्रमलाई थप प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्छ।” पोखरेलले युवाहरूलाई पार्टीसँग जोड्न नसक्नु एमाले कमजोर देखिनुको एउटा प्रमुख कारण भएको उल्लेख गरे। युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकतामा राखेर संगठनलाई पुनः सुदृढ बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।

महासचिव पोखरेलले “हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ,” उनले भने, “कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ। पार्टीलाई जनताको विश्वासयोग्य शक्ति बनाउँदै अघि बढ्नुपर्ने बताए ।”

कार्यक्रममा कर्णाली प्रदेशका नेता, कार्यकर्ता तथा पार्टीका विभिन्न तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा संगठन सुदृढीकरण, विचार अभिमुखीकरण तथा आगामी राजनीतिक कार्यदिशाका विषयमा छलफल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु