(भरत केसी) | माघ २६, बुटवल | प्रमुख पर्यटकीय क्षेत्रका रुपमा रहेको बुद्धको जन्मस्थल लुम्बिनी पुग्न निर्माण गरिएको नमुना सडक निर्माण कार्यले गति लिएको छ । उक्त सडक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

(भरत केसी) | माघ २६, बुटवल | प्रमुख पर्यटकीय क्षेत्रका रुपमा रहेको बुद्धको जन्मस्थल लुम्बिनी पुग्न निर्माण गरिएको नमुना सडक निर्माण कार्यले गति लिएको छ । उक्त सडक"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लुम्बिनीसम्मको नमुना सडक निर्माण तीव्रगतिमा

२६ माघ २०७३, बुधबार ११:००


(भरत केसी) | माघ २६, बुटवल | प्रमुख पर्यटकीय क्षेत्रका रुपमा रहेको बुद्धको जन्मस्थल लुम्बिनी पुग्न निर्माण गरिएको नमुना सडक निर्माण कार्यले गति लिएको छ । उक्त सडकलाई भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीसँग जोड्ने महत्वपूर्ण आयोजनाका रुपमा लिइएको छ । 

पूर्व–पश्चिम राजमार्ग हुँदै विमानस्थल तथा लुम्बिनी पुग्न सो सडकलाई वैकल्पिक मार्गका रुपमा अगाडि बढाइएको छ । सडकको दुवैतर्फ हरियालीसहितको उद्यान निर्माण गर्ने योजना छ । उक्त सडकलाई पर्यटकीय सडकका रुपमा विकास गर्ने योजना छ । 

लुम्बिनी घुम्न आउने पर्यटक निर्माण भएपछि यही सडकको उपयोग गर्नेछन् । बेलवास–बेथरीसम्मको चार लेनको सडक निर्माण कार्यले तीव्रता पाएको छ । सो सडकअन्तर्गत बुटवलको नहरपुरदेखि मोतिपुरसम्म नहरको दुवैतर्फ पक्की पर्खाल निर्माण कार्य सकिएको छ भने अमवादेखि बेथरीसम्म नहर सफा गर्ने, अतिक्रमित संरचना हटाउने र पक्की पर्खाल निर्माण कार्य चलिरहेको छ । पहिलो चरणमा सो नहरको दुवैतर्फको सडक कालोपत्र गर्नेे योजना छ । 

सडक डिभिजन कार्यालय बुटवलका प्रमुख, मेघराज मरासिनीका अनुसार उक्त सडक मुलुककै नमुनाको रुपमा रहेको छ । बुटवलको बेलवास झोलुङ्गे पुल चोकदेखि भैरहवा–लुम्बिनी सडकको बेथरीसम्म करिब २१ किलोमिटर लामो सो सडक निर्माण कार्य दुई वर्षभित्रै सम्पन्न हुने उहाँले बताउनुभयो । 

उक्त सडकखण्डअन्तर्गत पर्ने नहरलाई व्यवस्थित गरीने र नहरको दुवैतर्फ सात–सात मिटर फराकिलो सडक तथा पौने दुई मिटरको साइकल लेन समेत निर्माण गरिने छ । निर्माणाधीन बुद्धनगरस्थित पक्की पुलले उक्त सडकलाई बुटवलसँग जोड्ने छ । उक्त सडक निर्माणमा करिब रु दुई अर्ब लाग्ने अनुमान गरिएको छ । बेलवास–बेथरीसँगै यसैवर्षदेखि भैरहवा– लुम्बिनी ६ लेन तथा बुटवल–पाल्पा ४ लेन सडक निर्माणको तयारी थालिएको छ । विमानस्थल सञ्चालन अगाडी बुटवल–भैरहवा ६ लेन र आन्तरिक बुद्धिष्ट सर्किट तथा लुम्बिनी परिक्रमा पथको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन