पढ्न करिब 2 मिनेट लाग्छ

नन्दराम जैशी | माघ २७, जुम्ला | जुम्लामा २० वर्षीया एक किशोरीलाई मानब बेचविखन तथा ओसारपसार गरेको आरोपमा कालिका आचार्य र गोविन्द उपाध्यायलाई बुधबार प्रहरीले आरोपितकै घरबाट पक्राउ गरेको छ ।

नाम परिवर्तन जुम्ला ञा नामकि २० वर्षीया किशोरिलाइ मानब बेचविखन तथा ओसारपसार गरेको आरोपमा दुई जना पक्राउ परेको जानकारी दिदै यस घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक गुरुविष्णु काफ्ले बताउनुभयो । पीडितका आफन्तले मानव बेचविखन तथा ओसारपसारका विषयमा कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय, जुम्लामा माघ ६ गते जाहेरी दर्ता भएका थिए ।

देपालगाउँ गाविस–६ का नन्दप्रसाद आचार्य, यशोदा आचार्य, कालिका आचार्य, रुद्र आचार्य, हिमानन्द आचार्य, सोही गाविस–७ का गोविन्द उपाध्याय लगायत होटलका साउजी साउनीले विगत मंसिर २८ गते देखि काठमाडौ महानगरपालिका कलंकी स्थित राजधानी होटेलमा शरिर वन्दक राखेर सामुहिक यौन शोषण गर्दै आएको भन्दै आरोपमा पीडितका आफ्न्तले कारवाहीको माग गर्दै जाहेरी दर्ता गरेका हुन् ।

पीडितको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लामा उपचार भईरहेको छ । थप उपचारका लागि मानवबेचविखन तथा ओसारपसारका विरुद्ध काम गर्दै आईरहेको शक्ति समुहको समन्वयमा काठमाडौमा उपचारका लागि आज पिडितलाई लगिने भएको छ ।

महिला तथा बालबालिका कार्यालय जुम्लाका महिला विकास निरिक्षक विन्दु कुवँरले भन्नुभयो, यस घटनाका विरुद्ध सामुहिक बलात्कार, शरिर बन्दक र मानव बेचविखन सम्वन्धी जाहेरी दर्ता गर्नु पर्ने हो तर मानव बेचविखन तथा मानव ओसारपसारका विषयमा मात्र दर्ता भएको छ हाम्रो पहलमा अन्य जाहेरी दर्ता गर्नेछौ ।

यस बिषयमा बिस्तृत बिवरण आज साँझसम्म आउने छ ।