१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानब बेचविखन तथा ओसारपसारमा दुई आरोपित घरबाटै पक्राउ

२७ माघ २०७३, बिहीबार ०४:५१

नन्दराम जैशी | माघ २७, जुम्ला | जुम्लामा २० वर्षीया एक किशोरीलाई मानब बेचविखन तथा ओसारपसार गरेको आरोपमा कालिका आचार्य र गोविन्द उपाध्यायलाई बुधबार प्रहरीले आरोपितकै घरबाट पक्राउ गरेको छ । 

नाम परिवर्तन जुम्ला ञा नामकि २० वर्षीया किशोरिलाइ मानब बेचविखन तथा ओसारपसार गरेको आरोपमा दुई जना पक्राउ परेको जानकारी दिदै यस घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक गुरुविष्णु काफ्ले बताउनुभयो । पीडितका आफन्तले मानव बेचविखन तथा ओसारपसारका विषयमा कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय, जुम्लामा माघ ६ गते जाहेरी दर्ता भएका थिए ।    

देपालगाउँ गाविस–६ का नन्दप्रसाद आचार्य, यशोदा आचार्य, कालिका आचार्य, रुद्र आचार्य, हिमानन्द आचार्य, सोही गाविस–७ का गोविन्द उपाध्याय लगायत होटलका साउजी साउनीले विगत मंसिर २८ गते देखि काठमाडौ महानगरपालिका कलंकी स्थित राजधानी होटेलमा शरिर वन्दक राखेर सामुहिक यौन शोषण गर्दै आएको भन्दै आरोपमा पीडितका आफ्न्तले कारवाहीको माग गर्दै जाहेरी दर्ता गरेका हुन् ।   

पीडितको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लामा उपचार भईरहेको छ । थप उपचारका लागि मानवबेचविखन तथा ओसारपसारका विरुद्ध काम गर्दै आईरहेको शक्ति समुहको समन्वयमा काठमाडौमा उपचारका लागि आज पिडितलाई लगिने भएको छ ।

महिला तथा बालबालिका कार्यालय जुम्लाका महिला विकास निरिक्षक विन्दु कुवँरले भन्नुभयो, यस घटनाका विरुद्ध सामुहिक बलात्कार, शरिर बन्दक र मानव बेचविखन सम्वन्धी जाहेरी दर्ता गर्नु पर्ने हो तर मानव बेचविखन तथा मानव ओसारपसारका विषयमा मात्र दर्ता भएको छ हाम्रो पहलमा अन्य जाहेरी दर्ता गर्नेछौ ।

यस बिषयमा बिस्तृत बिवरण आज साँझसम्म आउने छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन