२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

स्थानीय निकायका कर्मचारी आन्दोलित

२७ माघ २०७३, बिहीबार ०७:३४

प्रकाश धौलाकोटी | माघ २७, तेह्रथुम | स्थानीय निकायका कर्मचारी तीन दिनदेखि आन्दोलनमा उत्रिएका छन् । मंगलबारदेखि कालो पट्टी बाँधेर विरोध जनाउँदै आन्दोलन थालेका कर्मचारीले विहीबार विहान एक घण्टा काम ठप्प पारेका छन् ।

स्थानीय निकायमा कार्यरत अस्थायी तथा करारमा रहेका कर्मचारीहरुलाई विना शर्त स्थायी गर्नुपर्ने लगायतका विभिन्न पाँच बुँदे माग गर्दै कर्मचारीहरुले आन्दोलित बनेका हुन् । विहीबार विहान १० बजेदेखि ११ बजेसम्म जिल्ला विकास समिति, नगरपालिका र गाउँ विकास समितिका अस्थायी र करारका कर्मचारीले काम ठप्प पार्दा सेवाग्राही भने मारमा परेका छन् । 

देशभर स्थानीय निकायमा कार्यरत करिब ६ हजार अस्थायी तथा करारका कर्मचारीलाई स्थायी गर्नुपर्ने माग गरिएको स्थानीय निकाय कर्मचारी संघ तेह्रथुमका जिल्ला अध्यक्ष खगेन्द्रराज भण्डारीले बताउनुभयो । ‘हामीले आफ्नो जीवनको ऊर्जाशील समय राज्यको सेवामा बिताएका छौं, उहाँले भन्नुभयो, ‘सोही आधारमा हामीलाई निमामति सो सरह स्वतः स्थायी गरिनुपर्छ भन्ने हाम्रो माग हो ।’ उहाँले नयाँ बन्ने संरचनामा आफ्ना सेवा, सुविधा, वृत्ति विकास सुनिश्चित हुनुपर्ने माग आफुहरुले राखेको बताउनुभयो । शुक्रबार दुई घण्टा काम अवरुद्ध पार्ने उहाँले बताउनुभयो । 

कर्मचारीहरुले स्थानीय तहका संरचनामा कर्मचारीको व्यवस्थापन र समायोजन गर्दा जिविस, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाविसमा कार्यरत स्थायी, अस्थायी र करार कर्मचारीलाई पहिलो प्राथमिकतामा राखी व्यवस्थापन र समायोजन गरिनु पर्ने समेत माग राखेका छन् । 

कर्मचारी व्यवस्थापन गर्दा ज्येष्ठता, योग्यता तथा कार्यसम्पादन मूल्याङ्कनका आधारमा श्रेणी मिलान गरिनु पर्ने, समायोजनमा जान नचाहने कर्मचारीलाई विशेष सुविधा दिई अवकाशको सुविधा दिनुपर्ने, स्थानीय तहका दरबन्दीलाई प्रदेशस्तरमा एकीकृत गरी निश्चित प्रणालीका आधारमा पदस्थापन र सरुवाको व्यवस्था गरिनु पर्ने माग अघि सारिएको अध्यक्ष भण्डारीले बताए । जिल्लामा स्थानीय निकाय ट्रेड युनियन केन्द्रिय समितिको आव्हानमा जिल्ला आन्दोलन परिचालन समन्वय समितिको अगुवाईमा आन्दोलन भइरहेको उहाँले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य