2026-09-19 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्युठानको पकलामा मोटरबाटो निर्माण सम्पन्न

सागर शर्मा | माघ २७, प्युठान | ठानको पकलामा बाटो निर्माण कार्य सम्पन्न भएको छ। पकला गाबिसको पिपलनेटा देखि पकला टाकुरा सम्म जोड्ने ७ सय मिटर कच्ची नया मोटरबाटो निर्माण कार्य सम्पन्न भएको हो ।

उक्त मोटरबाटोबाट पकला गाबिस वार्ड नम्बर २ का ४५ घरधुरीलाई  प्रत्यक्ष  रुपमा फाइदा पुगेको छ।

गाउँ बिकास समितीको कार्यालय पकलाको १ लाख ७५ हजार लागत र स्थानीयवासीको सहयोगमा  मोटरबाटो निर्माण गरिएको मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष वसन्त थापा मगरले जानकारी दिए ।

गाउँमा मोटरबाटो पुगेपछी गाउँमा  उत्पादन हुने कच्चा पदार्थ एवं कृषिजन्य पदार्थहरु छिटोछरितो रुपमा बजारसम्म ढुवानी गर्न सहज हुने स्थानीयवासी शान्तराज श्रेष्ठको विश्वास रहेको छ । ” पहिले साह्रै दुख थियो”,श्रेष्ठले भने,” घर मै मोटरबाटो आएपछी खुसी लागेको छ।”

साथै, मोटरबाटो निर्माण भएपछि कामकाजका लागि बजार जान तथा बिरामी पर्दा एम्बुलेन्स सेवा पनि सहज रुपमा सञ्चालन गर्न सकिने बताइएको छ । गाउँमा मोटरबाटो निर्माण भएपछि स्थानीयवासीको जनजीवनमा केही मात्रामा भए पनि सहजता थपिने स्थानीयवासी  बताउँछन् । मोटरबाटो पुगेसंगै गाउमा अब मोटर समेत चल्ने आश स्थानियले गरेका छन।

गाउमा मोटरबाटो पुग्नु अघि पैदल हिड्नुपर्ने बाध्यता रहिआएको थियो। स्थानियलाइ दैनिक उपभोग्य सामानका लागि यश अघि दुई घण्टाको पैदल हिडेर धुबाङ गाबिसको हर्नघाट बजारमा आउनै पर्ने बाध्यता रहेको थियो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई