२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

एक साता देखि एडिएसएल सेवाको ईन्टरनेट सेवा प्रभाबकारि नँहुदा ग्राहक मर्कामा

२७ माघ २०७३, बिहीबार ११:४८

टेक शाही, माघ २७, डोल्पा । नेपाल टेलिकमले माइक्रोवयव लिँक मार्फत सञ्चालन गरेको एडिएसएल ईन्टरनेट सेवा प्रभाबकारि नहुदा ग्राहक मर्कामा परेका छन । एक साता देखि एडिएसएलको सिष्टम अपडाउन हुने गरेकोले इन्टरनेट चल्न सकेको छैन । 

कुल १ सय ९२ लाइनको अनुमित पाएको नेपाल टेलिकम दुरसञ्चार कार्यालयले सबै १ सय ९२ लाइन बितरण गरेको छ । ईन्टरनेटको क्षमता प्रभाबकारि नभए पछि बैँक,आइएमइ लगायत सरकारी र गैरसकारी कार्यालयहरु सबै भन्दा धेरै मर्कामा परेका हुन । माइक्रोवयब लिँकबाट इन्टरनेट सञ्चालन गरे पछि ब्यन्डउइथ ग्राहकले भने जस्तो सेवा दिन सकिने दुरसञ्चार कार्यालय डोल्पाले जानकारि दिएको छ । 

हाल बितरण गरिएको लाइनमा ३ सय ८४ केबिपिएसको द्रुत गतिको इन्टरने सेवा दिन मिल्ने भए पनि ब्याण्डउइथ अनुसार फानेलाइनका तारहरु पुराना भएका कारण ठुलो द्रुतगतिको ईन्टरनेट सेबा दिन नँसकेको र जिल्लामा ३ वटा कार्यालयलाइ मात्र द्रुत गतिको इन्टेरनेट सुबिधा दिएको छ । नियमित रुपमा बाँडिएका एडिएसएलका ग्राहकले १ सय ९२ केबिपिएसमा चलाउदै आएको र एक साता देखि त्यतिको पनि क्षमताको इन्टरनेट दिन नँसकेको दुरसञ्चार कार्यालय डोल्पाका प्रमुख दया बिक्रम केसिले बताउनु भयो । 

गएको दशै देखि थ्रिजी सेवा सुचारु गरेको भए पनि सबै ठाँउमा थ्रीजी सेवा प्रभाबकारि रुपमा चल्न सकेको छैन । ६ वटा टावरले मोबाइल सेवा दिदै आएको टेलीकमले मासिक ५० लाख बराबरको कारोबार गर्ने भए पनि सेवा प्रभाबाकारि नँदिदा ग्राहक मर्कामा परेका छन । डोल्पा जिल्लाको दूनै,शहरतारा,जुफाल,ल्हाँ,कालिका र रिमी गाविसमा नमस्ते मोबाइलका टावरहरु राखिएको छ । माथिल्लो डोल्पाका ६ गाविस बाहेक तल्लो डोल्पाका सबै गाविसहरुमा मोबाइल सेवा पुगेको भए पनि सबै ठाँउमा प्रभाकारि सेवा प्रदान गर्न नँसकेको भन्दै ग्राहकले गुनासो गरेका छन । 

हाल दुनैको टवारबाट सदरकुमका बसितमा थ्रीजी सेवा दिदै आएको छ भने जुफालमा रहेको टावरबाट जिएसएम इनटरनेट सेवा दिदै आएको र अन्य ४ वटा टावरबाट फोन सेवा मात्र दिदै आएको छ । दुनैको टावरमा  थ्रीजी जडान गरे पछि मोबाइल नेटवर्कमा समस्या आएको छ । कहिले फोन लाग्दैन भने कहिले नेटवर्क नै हराउने गरे पछि सेवा ग्राहिहरु झनै मर्कामा परेका हुन । 

नियमित रुपमा यस्ता समस्या आउने र मोबाइल देखि फोन र एडिएसएल सेवाको दुरसँचार कार्यालय डोल्पाले् केहि गर्न नँसक्ने र मेन स्वीच र बेस स्वीच नेपालगञ्जमा राखिएको कारण सबै समस्याको समाधान नेपालगञ्जले गर्ने गरेकोले यताबाट दैनिक महसुलको बिल काट्ने बाहेकका कुनै पनि अन्य काम नहुने र समस्या परेको बेला नेपालगञ्जालाइ जानकारि गारउनु पर्ने प्रमूख केसिले बताउनुभयो । 

 

 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ