2026-06-27 11:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

तिनै तहको निर्वाचन पछि मात्रै मुलुक सम्बृद्धि तर्फ बढ्ने : महामन्त्री कोइराला

अजयकुमार साह, माघ २७, उदयपुर । नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले स्थानीय निकाय, संघियत र संसदीय गरी तिनै तहको निर्वाचन सम्पन्न भएपछि मात्रै मुलुक सम्बृद्धिको बाटोमा जाने बताउनुभएको छ ।

महामन्त्री कोइरालाले नेपाली काँग्रेस क्षेत्र नं २ उदयपुरले विहिवार सदरमुकाम गाईघाटमा आयोजना गरेको क्षेत्रीय सम्मेलनको प्रमुख अतिथिको रुपमा उद्घाटन समारोलाई सम्बोधन गर्ने क्रममा सो कुरा बताउनुभएको हो ।

      महामन्त्री डा. कोईरालाले भन्नुभयो “सिमाङ्कनको विषय मुलुकको लागि अत्यन्तै जटील विबादको विषय भएको र यसको छिनोफानो जनताको अत्यधिक मत र रायसुझावको आधारमा गर्नुपर्ने जिकिर गर्नुभयो । उहाँले सिमांकनकै विबादका कारण बर्तमान संविधान कार्यान्यनमा ठूलो चुनौति रहेकोले हाल पेश गरिएको संसोधनको प्रस्तावलाई पारित गरी स्थानीय निकायको निर्वाचन तर्फ अगाडी बढ्नुको अर्को विकल्प नरहेको बताउनुभयो ।

मधेसवादी दलहरु संविधान संसोधन नभएसम्म निर्वाचनमा नजाने र नेकपा एमाले निर्वाचन नगरी संविधान संसोधनमा नजाने भनेर आआप्mनै अडानमा रहिरहँदा अवका ११ महिनाको समयाअवधि राजनैतिक खिचातानीमा सकिने र त्यसपछि मुलुक ठूलो सम्बैधानिक सङ्कटको भुमरिमा फस्नसक्ने भएकोले अन्तरिम संविधानलाई टेकेर भएपनि राजनैतिक सहमति गरेर संसोधन प्रस्ताव पारित गर्दै स्थानीय निकायको निर्वाचनमा जानुको विकल्प नरहेको उहाँले बताउनुभयो ।

      उहाँले नेपाली काँग्रेसलाई अवहुने सवै निर्वाचनमा उत्कृष्ट पार्टीको रुपमा स्थापीत गराउन जनताले महत्वपूर्ण निर्णय लिन आग्रह समेत गर्नुभयो । उहाँले देशलाई सही दिशातर्फ डो¥याउन नेपाली काँग्रेस बाहेक अन्य कुनै दल सक्षम नरहेकोले अब देशलाई गति दिन सवैले नेपाली काँग्रेसलाई अत्यधिक मतले जिताउन महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो ।

      कार्यक्रमा नेका केन्द्रीय सदस्य तथा सिचाइ मन्त्री दिपक गिरीले दलहरुका बीचमा सहमति हुन नसक्ता मुलुकमा अवहुने भनिएको ३ वटा निर्वाचन हुने कि नहुने भन्ने अन्यौल्ता छाइरहेकोले यसलाई चिर्न सरकार तत्काल सहमतिको वातावरण बनाउन र  निर्वाचनको मिति घोषणा गर्ने तयारीमा लाग्नुको अर्को विकल्प नरहेको बताउनुभयो ।  

      उहाँले देशमा १७ वटा ठूला खोलाले ठूलो परिमाणमा खेतियोग्य जमिन कटान र पुरान गरी उर्वर भूमिलाई मरुभूमिकरण गर्दै लगेकोले यसलाई रोक्न र गाउँ गाउँमा सिचाईको ब्यवस्था गरी विदेसिएका युवा शक्तिलाई स्वदेशमै रोजगारीको अवसर सृजनागरे मात्रै सम्मृध नेपाल निर्माणगर्न सकिने भएकोले आपूm र आपूmले नेतृत्व गरेको सिंचाइ मन्त्रालय अहिले यसै कार्यमा लागिरहेको बताउनु भयो ।

      क्षेत्रीय सभापति बसन्तकुमार वस्नेतको सभापतित्वमा भएको सो सम्मेलनमा केन्द्रीय सदस्यहरु धनराज गुरुङ, गुरुराज घिमिरे, देबेन्द्रराज कडेल, लष्मि परियार, सरीता प्रसाइ, केन्द्रीय सदस्य तथा साँसदजीवन परियार,जलश्रोत तथा कृषि समितिका सभापति मोहन बराल, साँसद शान्तिदेवि चौधरी, पूर्व साँसद प्रमिला राई, नेका उदयपुरका सभापति बिदुर बस्नेत, निवर्तमान सभापति हिमाल कार्की, महिला नेतृ रीता खनाल, नेका त्रियुगा नगर सभापति शरोज बस्नेत र पाँचथर नेकाका सभापति नरेन्द्र केरुङ्लगायतका नेताहरुले शुभकामना ब्यक्त गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने