२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनावको मिति घोषणा गरे सहकार्यः एमाले उपाध्यक्ष रावल

२९ माघ २०७३, शनिबार १५:०५

माघ २९, मकवानपुर  । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले अहिलेको सरकारले स्थानीय तहको चुनावको मिति तत्काल घोषणा गर्छ भने रचनात्मक रुपमा सहयोग गर्न तयार रहेको बताउनुभएको छ । 

युवा सङ्घ नेपाल मकवानपुरको आयोजनामा अगुवा कार्यकर्ता भेला तथा प्रवेश कार्यक्रमको आज हेटौँडामा उद्घाटन गर्दै उहाँले स्थानीय तह पुनःसंरचना आयोगले तयार गरेको प्रतिवेदनअनुसार चुनाव गराएमा एमाले सरकारसँग सहकार्य र सहयोग गर्नका लागि तयार रहेको बताउनुभयो । 

अहिलेको अवस्थामा आयोगले गरेका निर्णय कार्यान्वयन नगर्ने र चुनाव पनि नगर्ने अवस्थामा सरकार रहेको बताउँदै उहाँले भन्नुभयो, “१८ वर्षदेखि स्थानीय निकायको चुनाव नगर्दा समस्या भएको छ । आम नागरिक चुनाव चाहन्छन् ।” 

एमालेसँगको कुराकानीका आधारमा सरकारले दुई चरणमा गरी वैशाखको अन्त्यमा र जेठमा स्थानीय निकायको चुनाव गर्ने बताएको एमाले उपाध्यक्ष रावलले बताउनुभयो । 

कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य विरोध खतिवडाले मुलुकको परिवर्तनकारी आन्दोलनमा एमाले लागेको बताउनुभयो । आफू धेरै आन्दोलनमा जेलसमेत बसेको बताउँदै उहाँले भन्नुभयो, “अहिलेको अवस्थामा देशको रक्षा गर्नका लागि आम युवा डटेर लाग्नुपर्ने बेला आएको छ ।” 

युवा सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष महेश बस्नेतले अबको समयमा सिर्जनशील, लगनशील र उद्यमशील आन्दोलनमा युवा लाग्नुपर्ने बताउनुभएको छ । 

एमालेका नेता कार्यकर्तामाथि माओवादी सरकार आएपछि आक्रमण भएकाले यसलाई रोक्नका लागि युवा सङ्घले युथफोर्स बनाएर अगाडि बढ्ने बताउनुभयो । युवा सङ्घ नेपाल मकवानपुरका अध्यक्ष सन्तोष चौलागार्इंको अध्यक्षतामा कार्यक्रममा भएको थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन