फागुन ५, फिदिम | मुलुकको विद्युत् प्रणालीमा बुधबारबाट १५ मेगावाट बिजुली थप भएको छ।

पूर्वाञ्चलको हेवा खोला ‘ए’ बाट उत्पादन भएको बिजुली बुधबारदेखि केन्द्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ५, फिदिम | मुलुकको विद्युत् प्रणालीमा बुधबारबाट १५ मेगावाट बिजुली थप भएको छ।

पूर्वाञ्चलको हेवा खोला ‘ए’ बाट उत्पादन भएको बिजुली बुधबारदेखि केन्द्"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

अब पुर्वाञ्चल पनि लोडसेडिङमुक्त

५ फाल्गुन २०७३, बिहीबार ०२:१८

फागुन ५, फिदिम | मुलुकको विद्युत् प्रणालीमा बुधबारबाट १५ मेगावाट बिजुली थप भएको छ।

पूर्वाञ्चलको हेवा खोला ‘ए’ बाट उत्पादन भएको बिजुली बुधबारदेखि केन्द्रीय प्रसारण लाइनमा व्यापारिक तवरमा जोडिएको हो। हेवासँगै पूर्वाञ्चल अघोषित रुपमा लोडसेडिङ मुक्त भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले दुई अर्ब ६० करोड रुपैयाँ लागतमा पूरा भएको हेवा खोला ‘ए’ जलविद्युत गृहस्थित बटम थिचेर आरम्भ गरेका हुन्। 

हेवा ‘ए’ बाट उत्पादन भएको बिजुली पूर्वाञ्चलका ताप्लेजुङ, पाँचथर, इलाम र झापामा प्रसारण गरिएको छ।

आयोजनाको निर्माण कार्य गत मंसिर २२ गते सम्पन्न भएको थियो। तर, विद्युत प्राधिकरणको फिदिमस्थित सबस्टेशन तयार गर्न नसक्दा बिजुली दुई महिना खेर गएको थियो।

पाँचथर पावर कम्पनीले १४.९ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ निर्माण गरेको उक्त आयोजनाबाट गत पुस १९ गतेदेखि ३.५ मेगावाट विद्युत उत्पादन सुरु गरी माघ ७ गतेदेखि केन्द्रीय विद्युत प्रशारण लाइनमा विद्युत जोडिएको थियो।

हेवासहित यो वर्ष प्रणालीमा एक सय २० मेगावाट बिजुली थप भएको छ। आयोजना निर्माणका लागि स्थानीयको तीन करोड लगानी छ। त्यस्तै आयोजनामा कार्यरत कर्मचारीको दुई करोड र बाँकी रकम सानिमा बैंकसहित अन्य ११ बैंकले लगानी गरेका छन्। ७५ प्रतिशत बैंकको ऋण र २५ प्रतिशत स्थानीय बासिन्दा र अन्य लगानीकर्ताले लगानी गरेका हुन्।

३५ प्रतिशत युबि इन्भेष्टमेन्ट कम्पनी लीमिटेड, ३० प्रतिशत एक्सेस इन्भेष्टमेन्ट कम्पनी लीमिटेड काडमाडौको, २० प्रतिशत मेगा भेञ्चर प्रालिको र १५ प्रतिशत स्थानीय आगेजुङ विद्युत् कम्पनी लिमिटेडको लगानीबाट आयोजना निर्माण गरिएको हो। सानिमा बैंकको अगुवाइमा ११ बैंक तथा वित्त संस्थाले एक अर्ब ८० करोड रुपैयाँ ऋण लगानी गरेको आयोजनाका प्रबन्ध निर्देशक पुष्पज्योति ढुंगानाले बताए। पाँचथर पावर कम्पनीद्वारा प्रबर्दित आयोजनामा प्रवद्र्धकले स्वपूँजी बापत ८० करोड रुपैयाँ लगानी गरेका छन्।- अन्नपुर्ण पोष्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने