पढ्न करिब 1 मिनेट लाग्छ

फागुन ५, चितवन । भरतपुर उपमहानगरपालिका–१० रिजाल चोकमा मिनी बसको ठक्करबाट गएराति एकजना साइकल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थान निवासी ५२ वर्षीय रामबहादुर बयलकोटी रहेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

प्रहरीका अनुसार पूर्वी चितवनको भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको बा ३ ख २२७५ नंको लोकल रुटको मिनी बसले बयलकोटीलाई बुधबार साँझ ६ बजेको समयमा ठक्कर दिएको थियो ।

ठक्कर दिएपछि घाइते भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र त्यसका चालक दुवै प्रहरीको नियन्त्रणमा रहेका छन् । रासस