Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बाहिरी चक्रपथ निर्माणको अन्तिम तयारी हुँदै (यस्तो छ योजनामा)

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन ११, काठमाडौं | बाहिरी चक्रपथलाई उपत्यकाको महत्वपूर्ण बिकास मानिंदै आएको छ । सहरी विकास मन्त्रालयले ‘बाहिरी चक्रपथ’ निर्माणको लागि डीपीआर स्वीकृतिका लागि मन्त्रिपरिषदमा लैजाने तयारी गर्दै गर्दा यसले समेट्ने क्षेत्रको बारेमा सर्वसाधारणमा चासो देखिएको छ ।

डीपीआर स्वीकृत भएमा चैतदेखिनै बाहिरी चत्रपथ निर्माण प्रक्रिया अघि बढ्ने मन्त्रालयले जनाएको छ । बाहिरी चक्रपथ वरिपरि वातावरणमैत्री, आधुनिक, प्रविधियुक्त र सुविधासम्पन्न बस्ती निर्माण गर्ने योजना राखिएको छ । यो योजना अन्तर्गत  बाहिरी चक्रपथ ७१ दशमलव १० किमि लामो हुने मन्त्रालयले जनाएको छ । योजना अनुसार सम्पूर्ण चक्रपथ ५ वर्षभित्र निर्माण गरिनेछ भने चक्रपथको क्षेत्र सतुंगलदेखि गम्चा हुँदै चोभारसम्म नयाँ ट्र्याक खोल्ने तयारी पूरा भइसकेको छ ।

बाहिरी चक्रपथले समेट्ने क्षेत्रहरु अन्तर्गत काठमाडौँमा ३५.८, ललितपुरमा १५.८० र भक्तपुरमा २१.०५ किमि पर्ने अनुमान छ । यो योजना अन्तर्गत विभिन्न स्थानमा १ दशमलव ५ किमि सुरुङमार्ग समेत निर्माण हुनेछ । ५० मिटरको चौडाईमा निर्माण हुने चक्रपथमा ८ लेनको आधुनिक सडक निर्माण हुनेछ । त्यस्तै चक्रपथबाट दायाँ-बायाँ दुवैतिर २ सय ५० मिटर वरपरसम्मका बस्ती व्यवस्थित पारिनेछ । साथै यो चक्रपथलाई नेपालकै पहिलो काठमाडौं–निजगढ फास्ट ट्र्याकसमेत खोकना खण्डमा जोडिने योजना रहेको छ ।

मन्त्रालयका अनुसार बाहिरी चक्रपथको डिपीआर स्वीकृतिका लागि मन्त्रालय पठाईसकिएकोले फागुन भित्रै मन्त्रिपरिषदको स्वीकृतिपछी यसको काममा तिब्रता दिईनेछ ।

तीब्र जनसंख्या वृद्धि, अव्यवस्थित शहरीकरण, साँघुरो वस्ती, भित्री चक्रपथको क्षेत्रमा भौतिक सुधार कठिन र खर्चिलो, चक्रपथ बाहिरको खुला तथा कृषियोग्य भूमि समेत क्रमिक रुपमा अव्यवस्थित शहरीकरणले विगार्न थालिसकेको, खुला स्थलको अभाव र अवरुद्ध आवागमनले गर्दा वातावरणमा पारेको प्रभावलाई मध्यनजर गर्दै बाहिरी चक्रपथको परिकल्पना गरिएको थियो ।

रोडको परिकल्पना