२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीमा चक्रपथ निर्माणकार्य १९ वर्षपछि सम्पन्न

२०७३, १२ फाल्गुन बिहीबार ०६:०८

फागुन १२, बैतडी । जिल्ला सदरमुकाम बैतडीमा चक्रपथ निर्माण कार्य सम्पन्न भएको छ । 

दुई किलोमिटर चक्रपथ सडक १९ वर्षपछि मात्र सम्पन्न भएको हो । अधुरै रहेको दुई किलोमिटरको चक्रपथ स्थानीयवासीले अगुवाइ गरेपछि पूरा भएको हो । 

दशरथचन्द नगरपालिकाले सदरमुकामका मुख्य बजार गोठलापानी र शाहीलेक जोड्ने सडक विसं २०५४ सालमा निर्माण थालेको हो । सडकको चारसय मिटर क्षेत्रमा स्थानीयवासीबीच विवादले यति लामो समयसम्म अधुरै थियो । 

गोठलापानीदेखि आइत, बाडीलेक हुँदै शाहीलेक जोड्ने सडक नगरपालिका गठनसँगै सुरु गरेको हो । थोरै बजेट र स्थानीयबीच जग्गा विवादले निर्माण कार्य हुन सकेको थिएन । निर्माण हुन नसकेको बाडीलेक खण्डको काम हालै सकिएको छ । 

निर्माण योजना र बजेटबिनै स्थानीयवासीको अगुवाइमा क्षतिपूर्ति र पर्खालको माग गर्दै आएका प्रभावित परिवारले सहमति गरेपछि काम भएको हो । नगरपालिकाको स्काभेटर र जिविसले डिजल खर्च दिने सर्तमा अधुरो चारसय मिटर पूरा गरेको स्थानीयवासी जनकराज भट्टले बताउनुभयो । शाहीलेकबाट गोठलापानी र झुलाघाट जाने वैकल्पिक बाटोका रूपमा प्रयोग गर्न चक्रपथ बनाउन सुरु गरिएको थियो । 

अघिल्ला वर्ष नगरपालिका, जिविस र सहरी विकास कार्यालयले रु चार÷पाँच लाख विनियोजन गर्दै आएका थिए । उक्त रकम २०/३० मिटर निर्माणमा सकिँदै आएको थियो । समिति गठन र काममा हुने विवादले निर्माण अघि बढेको थिएन । 

यो वर्ष नगरपालिकाले साढे नौ मिटर ढल निकास र सडक बत्तीसहित कालोपत्र गर्न रु दुई करोड १३ लाख ७७ हजार टेन्डर प्रक्रिया थालेको इन्जिनियर जयसिंह बोहराले बताउनुभयो । चक्रपथ निर्माणपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ