प्रकाश धौलाकोटी | फागुन १३, तेह्रथुम | जिरिखिम्ती बजारमा विहीबारबाट ९ औं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश धौलाकोटी | फागुन १३, तेह्रथुम | जिरिखिम्ती बजारमा विहीबारबाट ९ औं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेल"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तेह्रथुममा नवौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

१३ फाल्गुन २०७३, शुक्रबार ०४:०१


प्रकाश धौलाकोटी | फागुन १३, तेह्रथुम | जिरिखिम्ती बजारमा विहीबारबाट ९ औं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दाहालले विद्यार्थी जीवनमा खेलकुद महत्वपुर्ण रहेको बताए । 

उनले जिल्लामा खेलकुद पुर्वाधार विकासकालागि मन्त्रालय ले यो वर्ष ८० लाख बढी बजेट विनियोजन गरेको सार्वजनिक गरे । सचिव दाहालले जिल्लामा खेलकुद विकास समितिको भवन नभएको भन्दै त्यसको निर्माणका लागि प्रक्रिया अघि बढाउन भन्दै आफुले मन्त्रालयबाट सक्दो छिटो बजेट व्यवस्था गर्ने बताए । उनले जिल्लामा एकिकृत खेल पुर्वाधार विकासकालागि समेत पहल गर्न आग्रह गरे । 

सबै पुर्वाधार एकै ठाउँ मा निर्माण गर्न सकिनेगरि जग्गा व्यवस्थापन गरी प्रक्रिया अघि बढाउन उनले भने । प्रतियोगिताको उद्धघाटन समारोहमा प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने, स्थानीय विकास अधिकारी प्रलादकुमार कार्की, जिल्ला शिक्षा अधिकारी कृष्ण प्रसाद पोख्रेल, एमाले जिल्ला अध्यक्ष लक्ष्मण तिवारी, कानुनविद् टिकाराम भट्टराई र नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य गोविन्दराज श्रेष्ठले शुभकामना मन्तव्य राखे । 

कार्यक्रममा खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै पुर्व खेलाडी टिकाराम खुलाल, किशोर सम्वाहाम्फे, सोम लिम्वु, केशव रिमाल, उमेश कन्दङ्गवा र गर्जमान लिम्वु लगायतलाई प्रशंसा पत्रद्धारा सम्मान गरिएको छ । उद्धघाटन कार्यक्रम जिल्ला खेदकुद विकास समितिका अध्यक्ष केशव कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो । 

प्रतियोगितामा जिल्लाका ४२ वटा विद्यालय सहभागी छन् । यसैबीच कार्यक्रममा राजनीतिकरण भएको भन्दै आलोचना समेत भएको छ । विहीबारबाट सुरु भएको प्रतियोगिता तीन दिनसम्म चल्नेछ । प्रतियोगिता सामुदायिक विद्यालय मा अध्ययनरत माध्यमिक स्तरका विद्यार्थी हरुको खेल प्रतिभाको प्रष्फुटन गराउने उदेश्यले युवा तथा खेलकुद मन्त्रालयको तत्वधानमा हरेक वर्ष यो प्रतियोगिता सन्चालन हुने गरेको छ ।

 प्रतियोगिता अन्तर्गत यस वर्ष पनि एथ्लेटिक्स, दौड, रिले, र भलिबल प्रतियोगिता सन्चालन हुनेछन् । विभिन्न प्रतियोगिता तर्फ गरी ७० वटा गोल्ड तथा सिल्भर र ६६ वटा कास्य पदक प्रदान गरिने आयोजकले जनाएको छ । 

तश्विर: गणेश खनाल 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे