फागुन १५, लुम्बिनी । युवा सङ्घ रूपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नमध्ये केहीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज सार्वजनिक गरेको छ ।&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १५, लुम्बिनी । युवा सङ्घ रूपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नमध्ये केहीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज सार्वजनिक गरेको छ ।&nbs"/>
2026-09-19 01:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तिवारी हत्याका मुख्य योजनाकार मनोज हुन्: प्रहरी

फागुन १५, लुम्बिनी । युवा सङ्घ रूपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नमध्ये केहीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज सार्वजनिक गरेको छ । 

जिप्रका रुपन्देहीले तिवारी हत्या काण्डमा संलग्न र जिल्लामा भएका डकैती, चोरी तथा सङ्गठित अपराधमा संलग्नलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । प्रहरीले अध्यक्ष तिवारीको हत्याका मुख्य योजनाकार मनोज पुन नै भएको उल्लेख गरेको छ । साथै हत्यामा संलग्न १२ जनाको सूची सार्वजनिक गरेको छ । तीमध्ये मुख्य योजनाकार पुनसहित पाँच जना फरार छन् भने सात जना पक्राउ परेका छन् । 

रुपन्देहीका प्रहरी उपरीक्षक रवीन्द्र धानुकले व्यक्तिगत रिसईबी र आपराधिक मनोवृत्ति बढाई लुटपाट मच्चाउनकै लागि तिवारीको हत्या गराएको प्रहरी अनुसन्धानबाट खुल्न आएको बताउनुभयो । तिवारी हत्याकाण्डमा योजनाकार रहेका सिद्धार्थनगर– ३ का विकास भनिने सोमबहादुर आले पनि फरार छन् । घटनामा सुटरका रुपमा राजु भनिने प्रयोग भएको र उनी पनि फरार रहेको प्रहरी उपरीक्षक धानुकले जानकारी दिनुभयो । 

सार्वजनिक गरिएका अभियुक्तमा देवदह नगरपालिका – ६ का ३१ वर्षीय वसन्तबहादुर चापागार्इँ, तिलोत्तमा नगरपालिका– १५ का २७ वर्षीय बुद्धिसागर यादव र २४ वर्षीय राजेश यादव, तिलोत्तमा– ८ का प्रयास भनिने ३३ वर्षीय खेमानन्द भट्टराई, देवदह नगरपालिका– ८ का २३ वर्षीय सागर थापा, रुपन्देही धकधई– ८ परासी झुङ्गाका २८ वर्षीय अङ्गद थारु र देवदह नगरपालिका– ९ का २८ वर्षीय ऋषिश्वर कुमाल छन् । 

प्रहरीका अनुसार चापागार्इँले मनोज पुन भनिने मनोज बुढा मगरको निर्देशनबमोजिम घटनाको दिन दिनभरि तिवारीको गतिविधिको निगरानी गरी जानकारी गराउने भूमिका खेलेका थिए । 

प्रहरीले सो घटनामा स्थानीय तथा बाहिरी मानिसको संलग्नता पनि हुन सक्ने सम्भावना रहेको बताउँदै त्यसतर्फ गम्भीरतापूर्वक निगरानी भइरहेको बताएको छ । तिवारीको गत पुस ४ गते हत्या भएको थियो । हत्यामा संलग्न मुख्य योजनाकारसहित फरार अभियुक्तलाई छिट्टै सार्वजनिक गरिने प्रहरी उपरीक्षक धानुकले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई