2026-09-19 02:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शैक्षिक विकासमा सेनाको सहयोग

पूर्णप्रसाद न्यौपाने/फाल्गुण १६, ओखलढुंगा । सेना दिवसको अवसर पारेर शम्शेरदल गणले सदरमुकाम स्थित बालमन्दिर प्राथमिक विद्यालयलाई सहयोग गरेको छ । सदरमुकाम बजारभित्रै रहेर पछि छाँयामा परेको विद्यालयको भौतिक पुर्वाधार निर्माण र शैक्षिक सामाग्री उपलब्ध गराएर सहयोग गरेको हो । ‘वत्ती मुनिको अँध्यारो भनेजस्तो रहेर यो विद्यालय,सबैको नजरमा पर्ने तर पछि परेको,त्यसैले हामीले केहि सहयोग गरेका हौँ’शम्शेरदलका गणपती सञ्जीत श्रेष्ठले भन्नुभयो ‘केहि पुर्वाधार निर्माण र विद्यालयलाई खेलकुद र विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका छौँ ।’ प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल लगाएतको उपस्थितीमा विहिबार एक कार्यक्रमका बिच गणले विद्यालयलाई सहयोग हस्तान्तरण गरेको थियो ।

सेनाले विद्यालयको पुरानो भवन मर्मत तथा रंगरोगन गरेको छ भने गेट निर्माण लगाएतका काम गरेको छ । नेपालको स्वतन्त्रता, भौगोलिक अखन्डता र सार्वभौमसत्ता रक्षाका लागि इतिहासका विभिन्न कालखन्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ । ओखलढुंगामा पनि गणले समय समयमा विभिन्न सामाजिक काम गर्दै आएको छ । 

सेना दिवस मनाईयो

नेपाली सेनाले शुक्रबार विभिन्न कार्यक्रम गरी सेना दिवस मनाएको छ । सेनाले प्रत्येक वर्ष महाशिवरात्रि पर्वका दिन सेना दिवस मनाउँदै आएको छ । सोहि अनुरुप ओखलढुंगामा रहेको शम्शेरदल गणले पनि विभिन्न कार्यक्रमहरु गरेर स्थापना दिवस बनाएको हो । 

सेना दिवसका अवसरमा गण परिषरमा शुक्रबार साँस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा नेपाली सेनाको व्यवसायिक कार्यकुशलतालाई झल्काउने कला–कौशल प्रदर्शन गरिएको थियो । कार्यक्रममा निमीक्त प्रमुख जिल्ला अधिकारी तिलोचन रिमाल,सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद ज्ञावली,स्थानीय विकास अधिकारी यज्ञबहादुर खत्री,सुरक्षा निकायका प्रमुख,पत्रकार लगाएतका सरोकारवालाहरु सहभागी हुनुहन्थ्यो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई