दिपा नेपाल
ओखलढुंगा,हाल : नेपालगञ्ज
टाउकै माथि छ ऋण स"/>
दिपा नेपाल
ओखलढुंगा,हाल : नेपालगञ्ज
टाउकै माथि छ ऋण स"/>
दिपा नेपाल
ओखलढुंगा,हाल : नेपालगञ्ज
टाउकै माथि छ ऋण सवार किस्ता तिर्दैछु म
बचाउन यि घर परिवार किस्ता तिर्दैछु म
राहदानी धितो राखी मरुभूमि भिजाएर
नियम अनि सर्त अनुसार किस्ता तिर्दैछु म
लेखाएछौ आफ्नो नाम चैँ कालोसुचि भित्रै पारी
नदेखाउ मलाई हतियार किस्ता तिर्दैछु म
ईमान्दारीताको पाठ नपढाउनु कसैलाई
लिमामी मा छ स्वयं सरकार किस्ता तिर्दैछु म
साँवा अनि ब्याजको पनि ब्याज लाग्ने जिन्दगिमा
पार्न लाई त्यो हिसाब बरोबर किस्ता तिर्दैछु म