फागुन १६, भक्तपुर । वरिष्ठ हास्य कलाकार, लेखक तथा निर्देशक रामशेखर नकर्मीको आज बिहान निधन भएको छ । 

भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहनुभएका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १६, भक्तपुर । वरिष्ठ हास्य कलाकार, लेखक तथा निर्देशक रामशेखर नकर्मीको आज बिहान निधन भएको छ । 

भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहनुभएका "/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल भाषाका जीवन्त अभिनेता रामशेखरको निधन

१६ फाल्गुन २०७३, सोमबार १०:००

फागुन १६, भक्तपुर । वरिष्ठ हास्य कलाकार, लेखक तथा निर्देशक रामशेखर नकर्मीको आज बिहान निधन भएको छ । 

भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहनुभएका नकर्मीको आज बिहान निधन भएको हो । उहाँ लामो समयदेखि क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । भक्तपुर नगरपालिका–६, इनाचोकका स्थायी बासिन्दा नकर्मी गत वर्षको भूकम्पले पुख्र्यौली घर भत्किएपछि वृद्धाश्रममा बस्दै आइरहनुभएको थियो । 

अद्वितीय प्रतिभाका धनी रामशेखरले आफ्नो जीवनको छ दशक हास्यव्यङ्ग्य लेखनमा बिताउनुभएको थियो । छ दशकको कला यात्रामा उहाँले व्यङ्ग्य लेखन मात्र नगरी आफैँले लेखेका प्रहसनहरुको निर्देशनका साथै त्यसमा अभिनयसमेत गर्नुभयो । 

विसं २०११–१२ सालदेखि कला क्षेत्रमा प्रवेश गर्नुभएको थियो । त्यसपछि नेपाल भाषाका थुप्रै टेलिसिरियल, फिल्ममा अभिनय, लेखन तथा निर्देशन गरेका उहाँले कवि दुर्गालाल श्रेष्ठसँग संयुक्त रुपमा नेपालभाषाको फिल्म ‘राजमति’ को लेखनसमेत गर्नुभएको थियो । 

विसं २०११ मा उहाले पहिलोपटक ‘समाज सुधार’ शिर्षकको नेपाली नाटकमा अभिनय गर्नुभएको थियो । त्यसपछि उहाले ‘साहसी महिला’ शीर्Èकको अर्को एउटा नेपाली नाटकमा अन्धो भिखारीको सानो भूमिकामा अभिनय गर्नुभएको थियो भने सो नाटकका लागि उहाँले ‘प्रभु लेऊ शरण म भिखारी’ बोलको यो गीत रचना गर्नुका साथै गाउनुसमेत भएको थियो । 

नेपाल भाषामा धेरै कथा लेख्नुभएका रामशेखर नकर्मीका कतिपय कथा नेपाली  भाषामा अनुवाद भएका छन् भने ‘मत ख्याः’ कथा अङ्ग्रेजी र ‘नसंफाःगु चा’ जापानिज भाÈामा समेत अनुवाद भएका छन् । ‘नसंफाःगु चा’ शीषकको एउटै मात्र उपन्यास लेख्नुभएका रामशेखरले सो उपन्यासबाट दुई प्रतिष्ठित पुरस्कार ‘श्रेष्ठ सिरपा’ र ‘गंकी वसुन्धरा सिरपा’ प्राप्त गर्नुभयो । नेपाल टेलिभिजनबाट प्रसारण भएको नेपाल  भाषाको पहिलो टेलिफिल्म ‘१२ बजे’ का उहा लेखक एवम् अभिनेता हुनुहुन्थ्यो । उहाँले लेखन, निर्देशन, अभिनय गर्नुभएको पःखा (पर्खाल) चलचित्रले जापानमा भएको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘थर्ड फ्युचर अफ एसिया पुरस्कार’ पनि जित्न सफल भएको थियो । 

उहाले मह जोडीको ‘१५ गते’ र ‘लक्ष्मी’ लगायत नवीन सुब्बाको बहुप्रशंसित टेलिसिरियल ‘दलन’ तथा ऐतिहासिक पृष्ठभूमिमा बनेको चलचित्र ‘वीर गणेशमान’ समेतमा अभिनय गर्नुभएको थियो । उहाँका चार छोरा र चार छोरी हुनुहुन्छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ