६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पिएन क्याम्पस पोखरामा २४ औ बिरासतलाई कायम गर्ने दाउमा अनेरास्ववियु

१६ फाल्गुन २०७३, सोमबार १४:४२

पोखरा, १६ फागुन | आठ वर्षदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनले नेपालकै सर्बाधिक बिद्यार्थीहरु अध्ययन गर्ने  पोखराको पृथ्वीनारायण क्याम्पसमा निर्बाचनले माहोल तातेको छ निर्वाचनको लागि विद्यार्थी संगठनहरुले आज पोखरामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन ।

निर्वाचन मिति नजिकिदै जादा चुनावी चहलपहलले क्याम्पसमा छुट्टै रौनक बढेको छ भने क्याम्पस भिलीमिली  दुलही जस्तै देखिएको छ । पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियू, नेविसंघ र नयाँ शक्ति विद्यार्थीको संयुक्त प्यानल, अखिल क्रान्तिकारीका साथै अनेरास्ववियू क्रान्तिकारी विप्लव र राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौं पनि चुनाव लड्दैछ । 

२०२२ सालदेखि स्ववियू निर्वाचन हुन थालेको पिएनमा यसअघिका सबै २३ पटकको निर्वाचनमा अनेरास्ववियूले नेतृत्वमा कब्जा जमाउदै आएको छ । २०४० साल अघि संयुक्त प्यानलमा नेतृत्व हत्याएको अनेरास्ववियू त्यसपछि निरन्तर एक्लै चुनावी मैदानमा छ । ५० वर्षपछि अनेरास्ववियूले पहिलो पटक छात्रालाई सभापतिमा उठाएको छ ।  २३ पटकसम्म स्ववियूमा झण्डा गाड्न सफल अनेरास्ववियूले पहिलो पटक छात्रालाई नेतृत्वमा पु¥याएर ईतिहास रच्ने उनिहरुको दाउ रहेको छ । अनेरास्ववियू क्रान्तिकारीले पनि छात्रालाई नै उम्मेदवार बनाएको छ ।  आफ्नो एकछत्र बर्चश्व कायम गरेको पिएनमा अनेरास्ववियूकै दबदबा कायम रहने उनीहरुको दाबी छ ।

स्ववियू निर्वाचनको इतिहासमा आफ्नो अपराजित यात्रा जारी राखेको अनेरास्ववियू विरुद्ध नेवि संघले पनि नयाँ शक्तिको सहकार्यमा यो वर्ष क्रमभंग गर्ने नयाशक्तिका बिद्यार्थी नेता नेत्र चापागाइले बताए ।  नेकपा एमाले निकट अनेरास्ववियूले पृथ्वीनारायण क्याम्पसमा सरिता पुरीलाई स्ववियू सभापतिको उम्मेदवार बनाएको छ । उनी अनेरास्ववियूको सचिवालय सदस्य एवं गण्डकी ईञ्चार्ज हुन् । सचिवमा केन्द्रिय सदस्य भरत कोने गुरुङ र कोषाध्यक्षमा त्रिवि क्याम्पस कमिटि संयोजक विवेक देवकोटालाई उम्मेदवार उठाएको छ । समानुपातिकतर्फ उपाध्यक्षमा क्याम्पस एकाईका पूर्व अध्यक्ष अशोक पौडेल र सहसचिवमा वर्तमान अध्यक्ष राजन शर्मा पराजुलीलाई पठाएको छ । प्रत्यक्ष तर्फ सदस्यहरुमा विजय पौडेल, प्रतिक्षा पौडेल, अप्शा खातुन, विष्णु पोखरेल, सन्तोष न्यौपाने, नितिनराज कट्टेल, दिनेश ढुंगाना र समिर बराल छन् । पृथ्वीनारायण क्याम्पसमा २१ सदस्यीय समिति बन्नेछ ।

काँग्रेस निकट नेवि संघ र नयाँ शक्ति पार्टी अन्तर्गतको विद्यार्थी यूनियन एक भएका छन् । स्ववियू सभापतिको उम्मेदवार राजेश हमाल रहेका छन् । सचिवमा  नयाँ शक्तिकी  तारा जिसीलाई उम्मेदवार बनाईएको छ । कोषाध्यक्षमा सदिक्षा आचार्य रहेकी छन । प्रत्यक्षतर्फका सदस्यहरुमा खगेन्द्रबहादुर रोक्का, महेशमणि भण्डारी, नवराज शर्मा, रक्षा गिरी, प्रदीप चापागाईं नेविसंघबाट छन् भने कञ्चन परियार, मिलन सुवेदी र विशाल तिमिल्सिना नयाँ शक्तिका तर्फबाट छन् ।

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी ले पृथ्वीनारायण क्याम्पसमा स्ववियू सभापतिको उम्मेदवारका रुपमा प्रविणा अधिकारीलाई उभ्याएको छ । अनेरास्ववियूले पहिलो पटक छात्रा उम्मेदवार तय गरिरहँदा क्रान्तिकारीका तर्फबाट पनि छात्रा नै प्रतिष्पर्धी छन् । सचिवमा त्रिदिप गुरुङ र कोषाध्यक्षमा बसन्त भट्टचन उम्मेदवार छन् । समानुपातिक मतको उपसभापतिमा सन्तोष नेपाली र सहसचिवमा सञ्जय शर्मालाई अघि सारेको छ । प्रत्यक्षतर्फ सदस्यहरुमा शौरभ कुँवर न्यौपाने, प्रकाश अधिकारी, खगेन्द्र मल्ल, ढाकाराम पौडेल, सुजन बास्तोला, रविकुमार राई, पुष्प ढकाल र सरस्वती थापा छन् ।

विप्लव नेतृत्वको नेकपा माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीले पृथ्वीनारायण क्याम्पसमा मिलन राईलाई सभापतिको उम्मेदवारका रुपमा उठाएको छ । सचिवमा काजी गुरुङ र कोषाध्यक्षमा प्रवल भण्डारी छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश