फागुन १७, प्युठान । प्युठानमा अखिलका नेता माथी हातपात भएको छ । 

मंगलबार बिहान सदरमुकाम स्थित प्युठान क्यामपसमा नेविसंघका कार्यकर्ताद्वारा एमाले नि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १७, प्युठान । प्युठानमा अखिलका नेता माथी हातपात भएको छ । 

मंगलबार बिहान सदरमुकाम स्थित प्युठान क्यामपसमा नेविसंघका कार्यकर्ताद्वारा एमाले नि"/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा अखिलका नेतामाथी हातपात

२०७३, १७ फाल्गुन मंगलवार १०:३५

फागुन १७, प्युठान । प्युठानमा अखिलका नेता माथी हातपात भएको छ । 

मंगलबार बिहान सदरमुकाम स्थित प्युठान क्यामपसमा नेविसंघका कार्यकर्ताद्वारा एमाले निकट अनेरास्वबियुका केन्द्रीय सदस्य एव राप्ती अञ्चल इन्चार्ज बिनोद भण्डारि र बिप्लब समूह निकट अनेरास्वबियु क्रान्तिकारीका जिल्ला अद्यक्ष यांक पुन माथी हातपात भएको हो ।  

स्वबियु निर्बाचन नजिकिदै गर्दा क्याम्पसमा निर्बाचन प्रणाली र निर्बाचनलाइ शान्तिपुर्ण ढङ्गाले सम्पन्न गर्ने बिषयमा क्याम्पस प्रमुखको कार्यकक्षमा जान लागेका बेला नेबि संघका कार्यकर्ताले थुनछेक र हातपात गरेका हुन ।

अनेरास्वबियुका केन्द्रीय सदस्य भण्डारिले आफुहरु क्याम्पस प्रसासन भित्र जाँदै गर्दा नेबिसंघका कार्यकर्ताले आक्रमण गरेको बताए । "नेबि संघका कार्यकर्ताले दादागिरी गरे।" उनले टेलिफोनमा भने' तिमिहरु भित्र छिर्न पाउदैनौ भनेर हामिलाइ रोक्न खोजियो ।"

आफुहरु माथी हातपात हुदा पनि प्रहरी रमिते बनेर बसेको अखिल क्रान्तिकारी(बिप्लब)का जिल्ला अध्यक्ष याँक पुनले बताए ।

 यसै बिच अखिलका नेताहरु माथी भएको आक्रमणको घटनाको भर्तसना गरिएको छ । अनेरास्वबियु र अनेरास्वबियु क्रान्तिकारी(बिप्लब)ले संयुक्त रुपमा बिज्ञपति जारी गरि दादागिरी शैलिमा उत्रीएर स्वबियु कब्जा गर्ने  सपना नदेख्न चेतावनी समेत दिएका छन । 

विज्ञप्तीमा  कमजोर ठानेर आक्रमणलाइ निरन्तरता दिने प्रयास भए यस्ता अराजक गतिविधि विरुद्ध आफुहरुकडा संघर्षमा उत्रने चेतावनी समेत दिन चाहन्छ भनिएको छ । नेता माथि कुनैपनि वहानामा हुने हस्तक्षेप रोक्न सरकारसंग माग गर्दै घटनाका दोशीलाइ तत्काल कानुनी कारवाहीको दायरामा ल्याउन समेत उनिहरुले सरकारसंग  अपिल गरेको छन ।

आज दिनभरमा दोषीलाई पक्राउ नगरिए जुनसुकै आन्दोलन गर्न तयार रहेको पनि बिज्ञपतिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो