१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

रोल्पामा अर्थमन्त्री महाराले ६६ करोड रुपैयाँ थप पठाए

१९ फाल्गुन २०७३, बिहीबार ०१:४५

फागुन १९, काठमाडौं | उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आफ्नो गृह जिल्ला रोल्पामा ६६ करोड रुपैयाँ थप पठाएका छन्। रोल्पा क्षेत्र नम्बन १ बाट निर्वाचित महराले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत पठाएको ६६ करोडमध्ये २२ करोड ४६ लाख रुपैयाँ जिल्लामा सञ्चालित ३२ वटा सडक आयोजनाका लागि हो। बाँकी ४३ करोड रुपैयाँ भने वर्षको बीचमा नयाँ कार्यक्रम बनाएन खर्च गर्न पठाइएको हो।

जिल्ला विकास समिति रोल्पाका प्रवक्त रामकुमार न्यौपानेले पहिले २२ करोड ७० लाख र पछि करिब ४३ करोड रुपैयाँ थप बजेट आएको जानकारी दिए।

उनका अनुसार पहिला आएको बजेट करिब २३ थप बजेट गाविस जोड्ने ग्रामीण सडका योजना र स्थानीय पूर्वाधार तथा यातायात गरी ३२ वटा सडक योजनामा खर्च गरिनेछ। बाँकी बजेट् पनि सडक निर्माण कार्यका लागि नै आएको हो। स्थानीय विकास मन्त्रालयका एक उच्च अधिकारीका अनुसार अर्थमन्त्रीले यी योजनाका लागि बजेट हाल्न निर्देशन दिएका हुन्। यी योजनाका लागि चालु बजेटमा करिब ४ करोड रुपैयाँ बिनियोजन गरिएको थियो। सो रकम खर्च भइसकेको छैन। वर्षको बीचमा यस्ता योजनाका लागि रकम थप गर्नु उचित नहुने पनि ती अधिकारीले बताए। ती अधिकारीका अनुसार थप रुपैयाँ काम गरेपछि भुत्तानी दिने सुनिश्चित गरी दिइएको हो। – नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट