एकदमै टाइट ट्राउजर लगाएको आरोपमा एउटा स्कुलले ७५ जना छात्राहरुलाई घर फर्काएको छ । छात्राहरुले कसिलो ट्राउजर लगाउँदा छात्रहरु रोमाञ्चित भएको र पढाईमा ध्यान केन्दि्रत गर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एकदमै टाइट ट्राउजर लगाएको आरोपमा एउटा स्कुलले ७५ जना छात्राहरुलाई घर फर्काएको छ । छात्राहरुले कसिलो ट्राउजर लगाउँदा छात्रहरु रोमाञ्चित भएको र पढाईमा ध्यान केन्दि्रत गर्"/>
१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कसिलो ट्राउजर लगाउने ७५ छात्रालाई स्कुलबाट फर्काइयो

१९ फाल्गुन २०७३, बिहीबार १६:२२

एकदमै टाइट ट्राउजर लगाएको आरोपमा एउटा स्कुलले ७५ जना छात्राहरुलाई घर फर्काएको छ । छात्राहरुले कसिलो ट्राउजर लगाउँदा छात्रहरु रोमाञ्चित भएको र पढाईमा ध्यान केन्दि्रत गर्न नसकेको विद्यालयको दावी छ ।

बेलायतको वेस्ट मिडल्यान्ड्सस्थित सोलीहुलमा रहेको सिमथ वुड स्पोर्ट्स कलेजका छात्राहरुलाई विद्यालयको गाइडलाइन तोड्ने गरी पोशाक लगाएको आरोपमा घर फर्काइएको हो । उनीहरुलाई खुकुलो ट्राउजर लगाएर मात्र विद्यालय आउन भनिएको थियो ।

विद्यालयबाट लज्जित बनाइएका आफ्ना छोरीहरु रुँदै घर आएको अभिभावकहरुले बताएका छन् । उनीहरुले विद्यालयको यस्तो कदमको कडा आलोचना गरेका छन् ।

घर फर्काइएकी छात्रा किली हड्सनकी आमा हेइलीले आफ्नी छोरीले ४ वर्षदेखि उस्तै ट्राउजर लगाइरहेको बताइन् । उनले भनिन्, ‘म आफैं छोरीलाई टाइट ट्राउजर लगाउन रोक्छु, किनकी यो स्कुल हो फेसन परेड होइन ।’

अर्की आक्रोशित आमा जोडी प्याटिन्सले भनिन्, ‘मेरी छोरीले लगाएको ट्राउजर लेगिन्ज होइन, न त यो सस्तो खालको नै हो । मैले १६ पाउन्डका दरले तीन जोडी किनेकी थिएँ ।’ छात्रहरुलाई भने जस्तोसुकै पोशाक लगाएर आउन अनुमति दिइएको उनले बताइन् ।

विद्यालयका पि्रन्सिपल काटी क्रेगले अभिभावकहरुलाई पूर्वसुचना दिएर नै यस्तो कदम चालेको बताए । क्रेगका अनुसार स्कुलले आफ्नो वेवसाइटमा छात्राहरुले जेगिन्ज, लेगिन्ज र कसिला ट्राउजर लगाउन नपाउने उल्लेख गरेको छ । यस विषयमा अभिभावकहरुलाई टेक्स्ट म्यासेज पनि पठाएको उनले बताए ।

विद्यालयको वेवसाइटमा छात्राहरुले घुँडासम्म आउने स्कर्ट वा खुकुलो खालको ट्राउजर लगाउनुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट