फागुन २१, भक्तपुर । क्यान्सरका बिरामीलाई उपचारका लागि सहज रुपमा आउने–जाने व्यवस्था गर्न भक्तपुर क्यान्सर अस्पतालले आजदेखि निःशुल्क बस सेवा सुरु गरेको छ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २१, भक्तपुर । क्यान्सरका बिरामीलाई उपचारका लागि सहज रुपमा आउने–जाने व्यवस्था गर्न भक्तपुर क्यान्सर अस्पतालले आजदेखि निःशुल्क बस सेवा सुरु गरेको छ ।

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुर क्यान्सर अस्पतालका बिरामीलाई निःशुल्क बस सेवा सुरु

२१ फाल्गुन २०७३, शनिबार १३:२२


फागुन २१, भक्तपुर । क्यान्सरका बिरामीलाई उपचारका लागि सहज रुपमा आउने–जाने व्यवस्था गर्न भक्तपुर क्यान्सर अस्पतालले आजदेखि निःशुल्क बस सेवा सुरु गरेको छ ।

अस्पतालले बिहान ५:३० देखि साँझ ८:३० बजेसम्म दुईवटा बसबाट बिरामी ल्याउन र लाने व्यवस्था गर्दै यातायात सेवा सुरु गरेको हो ।

भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका बिरामी तथा बिरामीका कुरुवाका लागि सेवा दिने उद्देश्यले सञ्चालन गरेको बस सेवा लिन बिरामी वा त्यसको कुरुवाले अस्पतालको कार्ड भने अनिवार्य रुपमा साथमा लिनुपर्ने व्यवस्था गरेको छ ।

अस्पताल प्रशासन शाखाका अधिकृत राजाराम तजलेकाअनुसार अस्पतालबाट बिहान ५: ३० बजे पहिलो ट्रिप बस बिरामी लिनका लागि छुट्छ भने बिहान ७: २५ बजे बिरामी लिएर बस आइपुग्छ ।

दोस्रो ट्रिप ११:३० बजे छुटेर १२:३० बजे आउने, तेस्रो ट्रिप १: ३० बजे छुटेर २: ३० बजे आउने र चौथो ट्रिप साँझ ६: ३० बजे छुटेर ८: ३० बजे फर्कने गरी बस सेवा सञ्चालन गरेको उनले जानकारी दिए।

भक्तपुर क्यान्सर अस्पतालबाट जाने बस सल्लाघारी हुँदै ठिमी, जडीबुटी, कोटेश्वर मुनीभैरब मन्दिर अगाडिबाट फर्केर पुनः बिरामी र कुरुवा बोक्दै भक्तपुर फर्कने गर्दछ ।

त्यसैगरी बिहान ७: ३० बजे छुट्ने बस ठिमी, कोटेश्वर, नयाँ बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै पुनः टेकु फर्केर त्रिपुरेश्वर, वीर अस्पताल, लैनचौर, लाजिम्पाट, शिक्षण अस्पताल, चक्रपथ, नारायणगोपाल चोक, चाहबिल, मित्रपार्क, गौशाला, एअरपोर्ट, सिनामङ्गल, कोटेश्वर, जडीबुटी, ठिमी, सल्लाघारी हँुदै बिहान ९ः३० बजे अस्पताल आइपुग्ने गरी यातायात सञ्चालन गरेको छ ।

अस्पतालले बिरामी र कुरुवाका लागि दुईवटा बस सञ्चालनमा ल्याएर उपचारमा आउनेलाई यातायातको सहज व्यवस्था गरेको र आवश्यकताअनुसार यो सेवालाई थप विस्तार गर्दै लैजाने अस्पतालले जनाएको छ ।

पहिलो रुट नं ‘ए’को बस प्रत्येक दुई घन्टामा अस्पतालबाट आहोरदोहोर गर्ने र रुट नं ‘बी’ को बस भने बिहान र अपराह्न दुईपटक बिरामी ल्याउने र लाने व्यवस्था गरेको हो । उपचारका लागि अस्पताल आउने बिरामीलाई सार्वजनिक यातायातमा सकस हुने भएपछि अस्पतालले बिरामीको सेवालाई ध्यानमा राखेर निःशुल्क बस सेवा सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट