फागुन २१, रोल्पा । नमुना विद्यालय निर्माण अभियानमा लागेको रोल्पा जिनाबाङको सिद्धार्थ माध्यमिक बिद्यालयलाई एनआरएन स्विडेनले दुई कोठे भवन निर्माणमा सहयोग गर्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २१, रोल्पा । नमुना विद्यालय निर्माण अभियानमा लागेको रोल्पा जिनाबाङको सिद्धार्थ माध्यमिक बिद्यालयलाई एनआरएन स्विडेनले दुई कोठे भवन निर्माणमा सहयोग गर्न"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

रोल्पाको नमुना विद्यालय निर्माण अभियानमा एनआरएन स्विडेनको सहयोग

२१ फाल्गुन २०७३, शनिबार १७:११


फागुन २१, रोल्पा । नमुना विद्यालय निर्माण अभियानमा लागेको रोल्पा जिनाबाङको सिद्धार्थ माध्यमिक बिद्यालयलाई एनआरएन स्विडेनले दुई कोठे भवन निर्माणमा सहयोग गर्ने भएको छ । 

एनआरएन साउदीद्वारा अनुदान गरिएको इ-लाब्रेरी दुइकोठे निर्माणाधीन भवनको अनुगमन तथा भवन सिलान्यास कार्यक्रममा एनआरएन स्विडेनले निर्माणाधीन भवनमै दुई तला थप्न सात लाख दिने घोषणा गरेको हो । 


कार्यक्रममा एनआरएन स्विडेन प्रतिनिधि अर्जुन श्रेष्ठ (एनआरएन महासचिव) र बिद्यालय प्रतिनिधिहरु गोर्ख बहादुर ओली (प्रधानाध्यापक), तिलक राम ओली (विव्यस अध्यक्ष) र प्रेम बहादुर ओली (अभियान संयोजक) बीच आठ बुंदे सहयोग सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त हस्ताक्षर पत्रमा अनुदान गरिने भनिएको रकम ३ किस्तामा बजेट निकासी गरिने उल्लेख गरिएको छ । 

कार्यक्रममा अभियान संयोजक प्रेम बहादुर ओलीले नमुना विद्यालय अभियानबारे प्रस्ट्याउदै बिश्वभर रहेका दाताहरुलाई सहयोग गर्न आव्हान गरेका छन् । शिक्षा नै दिगो बिकासको आधार भएकाले आफुहरुले शैक्षिक व्यवस्थापनमा दिनरात खटेर भएपनि यो महाअभियानमा जुटीरहेको जानकारी दिए ।


यस्तै कार्यक्रमका प्रमुख अतिथि अर्जुन श्रेष्ठ र उहाँकी धर्म पत्नी सकुन्तला श्रेष्ठको २७औं वैवाहिक जिबनको उपलक्ष्यमा विद्यालयको नाममा रहेको अक्षयकोषमा नगत रु. एक लाख एक हजार एघार (रु. १,०१,१११) व्यक्तिगत सहयोग गरेको नमुना बिद्यालय निर्माण अभियान सूचना विभागका अध्यक्ष केबी गुरुङले जानकारी दिए । 

अहिलेसम्म अक्षयकोषमा सहयोग गर्ने दाताहरुमध्ये सबैभन्दा धेरै सहयोग गर्ने अक्षयकोष सारथिको रुपमा अर्जुन श्रेष्ठ भएको पनि उनले जानकारी दिए । कार्यक्रममा एनआरएनए एनसीसी साउदीका सदस्य भक्त वीर राई, जिल्ला शिक्षा स्रोत व्यक्ति शेर बहादुर डाँगी, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, अन्तर बिद्यालयका शिक्षक/शिक्षिकाहरु, पत्रकार र स्थानीयबासीहरुको सहभागिता रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट